मास्क नलगाउनेलाई कोरोनाबाट मृत्यु हुनेका लागि चिहान खन्ने सजाय



जाकार्ता (एजेन्सी) ।

कोरोना भाइरसको संक्रमण रोक्न प्राय सबै देशले आफ्ना नागरिकलाई मास्क लगाउन र सामाजिक दुरी बनाउन निर्देशन तथा आदेश दिएको छ । फेरी पनि करिब सबै नै देशमा ठुलो संख्यामा सरकारका ती आदेश तथा निर्देशन उलंघन गर्नेको सख्यामा कुनै कमी आएको छैन । जसले गर्दा धेरै जसो देशमा कोरोना संक्रमणको विस्तारले तिब्रता लिइरहेको छ । यसबीच यी ब्यक्तीहरुलाई ठाउँमा ल्याउन इन्डोनेसियाको जाभा प्रान्तले अनौथो सजायँको घोषणा गरेको छ ।

पुर्वी जाभा प्रशासनले मास्क नलगाउनहरुलाई सजायँ स्वरुप कोरोना भाइरसबाट मृत्यु हुनेका लागि चिहान खन्न लगाएको छ । पुर्वी जाभाका गेरसिक रिजेन्सीका आठ जनालाई मास्क लगाउन अस्विकार गरेपछि नजिकको नोबबेटन गाउँमा एक सार्वजनिक चिहानस्थलनमा चिहान खन्न सजायँ दिइएको छ । उनीहरुलाई कुनै मृतकको अन्तिम संस्कारमा समावेश हुन पनि रोक लगाइएकोछ ।

उनीहरुलाई दुई जना मिलेर एक चिहान खन्न आदेश दिइएको समाचारमा उल्लेख गरिएको छ । यसअघि कोर्म जिलाका प्रमुख स्युनोले चिहान खन्ने कामदारको कमी रहेको बताएका थिए । त्यसैले मास्क नलगाउनेलाई यस काममा लगाइएको हो । यो सजायँले भविष्यमा नागरिक मास्क नलगाउने गल्ती नगर्ने अपेक्षा गरेको उनले बताए ।

इन्डोनसियामा अहिलेसम्म कोरोना भाइरसबाट २ लाख १८ हजार २ सय २ संक्रमित भइसकेका छन् । राजधानी जाकार्तामा मात्र ५४ हजार नागरिक कोरोना संक्रमित भइसकेका छन् भने पुर्वी जाभामा कोरोनाका अहिलेसम्म ३ हजार ८८ विरामी आइसकेका छन् । इन्डोनेसियामा कोरोनाबाट मर्नेको संख्या ८ हजार ७ सय २३ पुगेको छ ।

जाकार्तामा कोरोना भाइरस संक्रमण फैलिन नदिन सोमबारदेखि दुई हप्ताका लागि कोविड १९ प्रतिबन्द लागु गरएको छ ।

प्रतिक्रिया दिनुहोस्