लकडाउनकै कारण मन्त्रीले दिए राजिनामा



जेरुसेलम,(एजेन्सी)

राष्ट्रव्यापि दोश्रो लकडाउन लागु गर्ने योजना विरुद्ध इजरायलका एकजना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । आवास मन्त्री याकोभ लित्जमानले यस लकडाउनको कारण यहुदी जनताले यसै महिनाको अन्त्यमा धार्मिक चाडवाड मनाउन नपाउने बताएका छन् ।
लकडाउन यहि शुक्रवार देखि लागु हुँदैछ ।

यहुदीहरुको नयाँ वर्ष योम किप्पुर यहदी पात्रो अनुसार २७ सेप्टेम्वरको दिन पर्दछ ।साथै यसै कारण लित्जमानले सत्तारुढ गठबन्धन सरकारबाट आफ्नो पार्टीलाइ फिर्ता बोलाउने चेतावनी समेत दिएका छन् । अहिलेको लकडाउन लामो समय सम्म चल्ने बताइएको छ । यस अघिको लकडाउन मार्चको उतरार्ध देखि मेको शुरु सम्म चलेको थियो ।

कटर अर्थोडक्स यहुदी पार्टीको नेतृत्व गर्ने लित्जमानले यस गलत निर्णयले लाखौं नागरिक प्रभावित हुने बताएका छन् । आलोचकहरुले प्रधानमन्त्री बेन्जामिक नेतान्याहुको कोरोना नियन्त्रण प्रयास असफल भएको काराण दोश्रो लकडाउनको आवश्यक भएको आरोप लगाएका छन् ।

करिव ९० लाख जनसंख्या भएको इजरायलमा पछिल्लो केहि साता यता दिनहुँ ३ हजार जना भन्दा नयाँ कोरो संक्रमित भेटिने गरेको छ ।
तर आन्तरिक मामिला मन्त्री एरेह डरीले ट्विटर मार्फत प्रस्तावित लकडाउन प्रति आफ्नो समर्थन रहेको तथा यसला पालना नगर्नेलाई हत्या वरावरको पाप लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्