चीनले ट्रम्प होइन, बाइडेनको चुनाव क्याम्पेनलाई निसाना बनाएको छ : माइक्रोसफ्ट



वासिंगटन (एजेन्सी) ।

अमेरिकामा राष्ट्रपति चुनाव नजिकिने क्रमसँगै विदेशी हस्तक्षेपमा अप्रत्यासित बृद्धी भएको छ । अमेरिकाको गुप्तचर एजेन्सी, फेसबुक तथा ट्विटरपछि अब माइक्रोसफ्टले पनि यसलाई लिएर चेतावनी दिएको छ । रुससँग चीन र इरानका ह्याकरहरुले पनि डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका चुनाव प्रचार प्रसार कार्यकर्ता, कन्सल्टान्ट तथा थिंकट्याँकहरुलाई निशाना बनाइरुहेका छन् ।

यद्यपी माइक्रोसफ्टले चीनका ह्याकर ट्रम्प क्याम्पेनभन्दा धेरै बाइडेनको क्याम्पेनलाई निसाना बनाइरहेको खुलासा गरेको छ । त्यसैगरी इरानका ह्याकरहरु ट्रम्पको चुनाव प्रसार अभियानलाई ह्याक गर्ने प्रयासमा रहेका छन् भने रुस दुबै पार्टीलाई निसाना बनाइरहेको छ ।

गत महिना नेसनल इन्टेलिजेन्स एजेन्सीका निर्देशकले चीन २०२० चुनाव डेमोक्र्याटिक उम्मेदवार जोय् बाइडेनको पक्षमा जाओस् भन्ने पक्षमा रहेको बताएका थिए । तर माइक्रोसफ्टले यसको विपरित चिनियाँ ह्याकरहरु बाइडेनको प्रचार अभियानलाई प्रभावित पार्ने प्रयासमा रहेको जनाएको छ । साथै प्राज्ञिक र राष्ट्रिय सुरक्षासँग जोडिएका ब्यक्तीहरु पनि उनीहरुको निसानामा परेका छन् । चिनियाँ अधिकारीहरुको निसानामा ट्रम्पसँग जोडिएका एक मात्र अधिकारी भएको जनाएको छ, तर उसको नाम भने उल्लेख गरेको छैन ।

माइक्रोसफ्टका अनुसार रुसको सैन्य गुप्तचर एकाइ जीआरयु यस चुनावलाई लिएर गोप्य तरिका अपनाइरहेका छन् । यसको उद्देस्य चुनाव प्रसारमा आबद्ध ब्यक्तीहरुको मेल ह्याक गर्ने र त्यसलाई बाहिर ल्याउने । सन् २०१६ मा हिलार क्लिन्टनको क्याम्पेनका इमेल पनि ह्याक भएर सार्वजनिक भएका थिए ।

रुसी ह्याकरहरु एक प्रकारको सफ्टवेयर टारका माध्यमबाट आक्रमण गरिरहेका छन् । यसले ह्याकरहरुको पहिचान सजिलै हुन सक्दैन । माइक्रोसफ्टका अनुसार चीन र इरानका ह्याकरहरुले पनि दखल दिन काम भइरहेको छ । यद्यपी राष्ट्रपति पति ट्रम्प र उनको पार्टीले भने जस्तो त्यति धेरै होइन ।

माइक्रोसफटको चेतावनी पछि बाइडेन क्याम्पेनले ट्रम्पमाथिको आक्रमण तिब्र पारेको छ । बाइडेनका लामो समय देखि विदेश निति सल्लाहकार एन्टनी जे ब्लिंकनले चीन फेरि एक पटक चुनावमा ट्रम्पको जित चाहेको बताए । ट्रम्पले चीनलाई कयौं प्रकारको सहयोग गरेको आरोप लगाउँदै उनले अमेरिकाका सहयोगीहरुलाई कमजोर पारेको बताए ।

विश्वमा धरै ठाउँहरुलाई खाली गरे जसमा चीनले भर्ने काम गरिरहेको छ । हंगकंग र सिनजियांगमा मानव अधिकारको हननलाई मान्यता दिए । उनले भने ( ट्रम्प आफैले कोविड १९ को गम्भिरतालाई थाहा पाएर पनि झुठो बोलेका स्विकारेको छ । यो सबै चीनलाई फाइदा पुर्याउनका लागि गरिएको हो ।

माइक्रोसफ्टका अनुसार इरानका ह्याकरहरु पनि चुनाव प्रभावित पार्ने कार्यमा लागेका छन् । उनीहरुको निसाना ट्रम्पक्याम्पनमा संलग्न ब्यक्तीहरु परेका छन् । इरानका ह्याकर्सद्वारा उपयोगमा ल्याइरहेको १५५ वेब डोमेन्सलाई नियन्त्रणमा लिइसकेको छ । मे र जुन देखि नै इरानका ह्याकर्स ट्रम्प प्रशासनका अधिकारीहरुको इमेल अकाउन्ट ह्याक गर्ने प्रयास गरिरहेका छन् । यद्यपी उनीहरुलाई सफलता भने प्राप्त भएको छैन ।

माइक्रोसफ्टले चीन र इरानका ह्याकरका तुलनामा रुसका जीआरयुका ह्याकरहरुको खतरा अत्यधिक रहेको चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्