विवाहको ३ वर्षपछि आमा बन्दै अनुष्का, भन्छिन- ‘जिन्दगी निमार्ण गर्नु भन्दा वास्तविक खुसी अरु केही हुँदैन’



काठमाडौं । अत्रिनेत्री अनुष्का शर्मा विवाहको ३ वर्षपछि आमा बन्ने भएकी छन् ।

यस खुसीको खबरमा विराट कोहली र अनुष्का निकै उत्साहित छन् । यसैक्रममा अनुष्काले बेबी पम्पको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आमा बन्नुको अनुभव सेयर गरेकी छन् ।

इन्स्ट्रामा सेयर गरेको तस्बिरमा उनी समुन्द्रको नजिक देखिएकी छन् ।

जसमा उनले लेखेकी छन् –‘जिन्दगी निमार्ण गर्नु भन्दा वास्तविक खुसी अरु केही हुँदैन । यो आफ्नो अधिनमा हुँदैन किन ?’

अनुष्काले सार्वजनिक गरेको तस्बिर समाजिक सञ्जालमा भाइरल भएको छ । जहाँ आफ्नो साथी तथा कलाकारले पनि शुभकामना दिएका छन् ।

साथै विराटले कमेन्टमा लेखेका छन् –एकै साथमा मेरो दुनियाँ ।

प्रतिक्रिया दिनुहोस्