‘काय्गुननीमा कोरोना संक्रमित व्यक्ति छैन’



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका– १६ स्थित काय्गुननीमा कोरोना संक्रमित भएका १५ जना व्यक्ति अहिले कोरोना मुक्त भएका छन् ।

काय्गुननी मंका खलःका अनुसार कोरोना पोजिटिभ देखिएका ती व्यक्तिहरु १४ दिन आइसोलेसन बसेपछि कोरोना भाइरस मुक्त भएका हुन्। संक्रमित भएका कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण देखिएन ।‘कोरोना भाइरस मुक्त भएपछि ती सबै व्यक्तिहरु आ आफ्नो कार्यक्षेत्रतिर लागिसकेका छन् ।’ खलःका अध्यक्ष जुजुमान महर्जनले भन्नुभयो ।

‘काय्गुननीमा बस्ने कोही पनि व्यक्ति अहिले कोरोना संक्रमित नभएको पनि खलःले पठाएको पत्रमा उल्लेख गरिएको छ । यस अघि भदौं ११ गते न्युज अफ नेपालमा काय्गुननीमा १५ जना कोरोना संक्रमित भएको समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्