भोजन र यौन दिब्य आनन्द होः पोप



भेटिकन सिटी (एजेन्सी)

क्याथोलिक इसाइ धर्मका सर्वाेच्च धर्मगुरु पोप फ्रान्सिसले भोजन र यौनलाई दिब्य आनन्द बताएका छन् । आनन्द सीधै इश्वरबाट प्राप्त हुने अलौकिक अनुभव भएको उनले बताए । यो न त क्याथोलिक हो, न त इसाई हो, न त अरु नै , यो त केवल दिब्य हो ।

इटालीका पत्रकार तथा खाद्य विश्लेषक कार्लो पेट्रिनीको किताब ‘टेराफ्युचर अर्थात फ्युचर अर्थ’ का लागि दिएको अन्तरवार्तामा पोपले उक्त कुरा बताएका हुन् ।

किताबको ‘डायलग विद पोप फ्रान्सिस अथ इन्टिग्रल इकोलोजी ’ शिर्षकको अंशमा चर्चले सधैँ अमानविय, क्रुर, अशिष्ट आनन्दको निन्दा गरेको पोपले बताए । अर्को तर्फ सधैँ मानविय, सरल, नैतिक सुखलाई स्विकार गरेको छ । भोजन र यौनमा चर्चको पहिलेका विचारलाई अत्यधिक नैतिकतावान भएको उनले बताए । यो इसाई सन्देशको गलत ब्याख्या भएको उनले थपेका छन् ।

खानुको आनन्द तपाईलाई स्वस्थ राख्नका लागि हो । ठीक त्यसै गरी यौन सुखले प्रेमलाई अझ अधिक सुन्दर बनाउन र मानव जीवनको स्थायित्वको ग्यारेन्टी गर्छ । विगतमा जुन विचारले यौन र आनन्दको निन्दा गरेका छन् त्यसले धेरै नोक्सान पुर्याएको छ । यसलाई आज पनि दृढता पूर्वक महसुस गर्न सकिने पोपले बताए ।

पोप फ्रान्सिस उदारवादी मानिन्छ । अगस्ट सुरुवाटमा पोपले पहिलो पटक भेटिकनको क्याथोलिक चर्चको शिर्ष पदमा पहिलो पटक ६ महिलालाई नियुक्त गरेका थिए । अहिले सम्म भेटिकनको १५ सदस्य रहेको काउन्सिल अफ इकोनोमीमा सबै पुरुष नै सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्