सिन्धुपाल्चोक पहिरो : ३१ जना बेपत्ता, ५ जनाको शव निकालियो (भिडियाे)



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

बाह्रबिसे नगरपालिका ७ घुम्थाङ पहिरोमा पुरिएर ३१ जना बेपत्ता भएका छन । पहिरोमा भिरखर्क र नागपुजेका ३१ बेपत्ता मध्य ५ जनाको शव फेला परेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित स्थानिय यूवाहरु उद्दार कार्यमा खटिएका छन ।

शनिवार बिहान ३ बजे घुम्थाङ स्थित भिरखर्क बाट खसेको पहिरोले नागपुजेसम्म तहसनहस बनाएको छ । “५ जनाको शव निकालिएको छ, सेना प्रहरीसँगै हामी उद्दारमा खटिएका छौँ, घटनास्थलमा भेटिएका रेशम प्रधानले भन्नुभयो । पहिरोमा परि घाईते भएका ३ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्