एनएसजेएफको २५औं वर्षगाँठ ‘अवार्ड भर्चुअलका माध्यमबाट’



नेपाल समाचारपत्र, काठमाडौं
खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) २५औं स्थापना दिवसमा पुगेको छ। हाल विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ ले गर्दा एनएसजेएफले आफ्नो रजत जयन्ती वर्ष धुमधामसँग मनाउन सकेन। ‘परिस्थिति सामान्य भएको भए एनएसजेएफले आफ्नो रजत जयन्ती वर्ष भव्यताका साथ मनाइरहको हुन्थ्यो’ –एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदीले भने।
तर, यस्तो महामारीका बाबजुद पनि सुवेदीले पल्सर स्पोर्टस् अवार्ड कार्यक्रम भने आयोजना गर्ने तयारीमा जुटिसकेको विज्ञप्तिमार्फत जानकारी गराएका छन्। उनले भने– ‘फेरिएको परिस्थितिका कारण यो वर्षको अवार्ड भने ‘भर्चुअल’ हुनेछ। यसले आयोजनामा चुनौती थपिनुका साथै खर्चसमेत बढ्न जानेछ। यद्यपि, अवार्डको निरन्तरताका लागि हामीले यो चुनौती स्वीकार्नै पर्छ।’
यस बीचमा एनएसजेएफको केन्द्रीय कार्यसमितिको ‘जुम’ बैठक बसेको छ। जसमा अवार्डको मिति भने तोकिएको छैन, सुवेदीका अनुसार मुख्य प्रायोजक हंसराज एन्ड हुलासचन्दका शेखर गोल्छालगायतका प्रायोजकहरूले अवार्डमा सहयोग गर्ने सहमति दिइसकेका छन्। भर्चुअल अवार्ड छिटै नै हुने पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्