धुलिखेल नगरपालिकाको कोरोना नियन्त्रणका लागि कन्ट्रयाक ट्रेसिङमा जोड



भगवती तिमल्सिना, काभ्रे ।

कोरोना संक्रमण बढेसँगै सर्वसाधारण नागरिकमा अर्धज्ञानकै कारण निकै त्रास भएर स्वास्थ्यकर्मीलाई गुहार्दै थिए । धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी पछिल्लो समय धुलिखेल नगरपालिकामा कोरोना संक्रमण बढेसँगै आफू, आफ्नो परिवारको स्वास्थ्य, भोक, पियास केही नभनी टीमको नेतृत्व गर्दै आउँनुभएको छ ।

उहाँ र उहाँको टीमलाई बिदा र शनिवारले कुनै दिन नागरिकको स्वास्थ्य सेवागर्न रोकेको छैन । केसी भन्नुहुन्छ- ‘कोरोना संक्रमणबाट जोगिन हरेक व्यक्तिले माक्स लगाउन, अनावश्यक नाकमुखमा नछुने, सामाजिक दुरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने जस्ता बानी सुधार गरेमा कोरोना संक्रमणबाट जोगिन सकिन्छ ।’

कोरोना संक्रमण कुनै पाप गरेर हुने र धर्म गरेर हट्ने नभै सबैले आफ्नो दायित्व बोध गरि अनुसासित भएर आफ्ना दिनचर्यालाई अघि बढाएको खण्डमा कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सकिन्छ । नगरपालिका, धुलिखेल अस्पताल, सुरक्षाकर्मी, स्थानिय जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु अहोरात्र यीनै मत्र बोकेर रातदिन नभनी कुदेका छौ । शनिवार पनि बिहानै केसी आफ्नो टोलीको नेतृत्व गर्दै धुलिखेल नगरपालिका १० स्थित ठकुरीछाप, क्लव भवनमा कन्ट्रयाक ट्रेसिङमा पुग्नुभएको थियो ।

धुलिखेल १० मा कन्ट्रयाक ट्रेसिङमा २५ जनाको नमूना संंकल गरि स्वास्थ्यकर्मीले प्रयोग गरेका पिपिई डे«स लगायतका सामग्रीहरु त्यहि जलाएर सरसफाई गरि स्थानिय बासिन्दालाई सुरक्षा अपनाएर बस्न आस्वासन दिँदै टोली फर्कियो ।

कोरोना संक्रमण बिना लक्षण पनि बढ्दै गएको अवस्था छ । लक्षण नदेखिएको अवस्थामा घरको आईसोलेसनमा बस्न सकिन्छ । तर स्थानिय निकाय र स्वास्थ्यकर्मीलाई आफ्नो घरको अवस्था पूर्ण रुपमा जानकारी गराई विश्वास दिलाउन सके घरमै बस्न सकिन्छ ।

यदि लक्षण देखिएको छ भने स्थानिय निकायले तोकेको स्थानमा गै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको नियमको पालना गरि बस्नुपर्छ । नियमको पालना घरमै बस्दा पनि गर्नुपर्छ र होम क्वारेन्टाईनमा बस्दा सबै नियमको पालना गरि परिवारका अन्य सदस्यलाई असुरक्षा नहुने गरि बस्नुपर्छ केसी भन्नुहुन्छ ।

थ्रोट स्वाब भनेको मुखभित्रको घाटीमा रहेको र्याल र नाकभित्रको तरल पदार्थलाई सुरक्षित तरिकाले निकाल्ने बिधि हो । स्वाब संकलन गर्दा नमूनालाई (लेबलिङ) गरिन्छ । लेबलिङ मिस्टेक भएमा नाम, नम्बर र रिपोर्ट फरक पर्न सक्छ । त्यसैले हामी यस्ता बिषयमा अत्यन्तै सजग हुन्छ र स्वास्थ्यकर्मीको टोलीमा काम बाडफाड गर्छौ ।

धुलिखेल नगरपालिकाले पछिल्लो समय नगरपालिका क्षेत्रमा कोरोना संक्रमीतको संख्या बढेसँगै १ हजार जनाको निःशुल्क परिक्षण गर्ने निर्णय गरेको थियो । तर नगरपालिकाले १ हजार भनेको ठाउँमा शनिवारसम्म १ हजार ३० जनाको नमूना संकलन भैसकेको केसी बताउँनुहुन्छ ।

उहाँ भन्नुहुन्छ नगरपालिकाको लक्ष्य भनेको सकेसम्म सहज होस भन्ने हेतुले २४ घण्टा भित्र रिपोर्ट प्रादेशिक प्रयोगशाला धुलिखेलमा आउने गरि काम गर्ने कोशिश गरिरहेको छ । तर कहिलेकही धेरै चाप बढेको अवस्थामा र शनिवार, बिदा परेका दिनमा रिपोर्ट आउँन अलिकति ढीला पनि हुन सक्ने भएकाले हामीले ३ दिन भित्र रिपोर्ट आउँछ भन्ने गरेका छौ ।

यहिअवस्था रह्यो भने नगरपालिकाले अझै थप १ हजार जनाको निःशुल्क कन्ट्रयाक ट्रेसिङ गर्नुपर्ने अवस्था छ । परिक्षणका लागि लगातार १५ दिन देखि आफ्नो जीवन हत्केलामा राखेर कार्यक्षेत्रमा खटिएका धुलिखेल नगरपालिका स्वास्थ्य शाखा र सिआईसी टीमका १० जना स्वास्थ्यकर्मी, प्राविधिकहरु मिलेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा नमूना संकलन गरेर बुझाउन व्यस्त छन् । प्रयोग शालामा बिहानै बुझायो भने २४ घण्टामा रिपोर्ट आउँछ भने अन्य समयमा २४ देखि ४८ घण्टा पनि लाग्न सक्छ ।

प्रादेशिक प्रयोगशालामा दिनको ५ सयको हाराहारीमा परिक्षण क्षमता भएकाले सकेसम्म छिटो रिपोर्ट दिने तयारीमा छौ । धुलिखेल नगरपालिका २ र १२ मा अहिले सम्म कोरोना संक्रमितको संख्या सुन्य रहेको छ । धुलिखेल नगरपालिकाको १२ वटा वडामा जम्मा ८४ जनामा कोरोना संक्रमण देखिएकोमा ४८ जना निको भएर घर फर्किसकेका छन् ।

अस्पतालको आईसोलेसनमा उपचाररत ११ जना, संजीवनी आईसोलेसनमा उपचाररत १३ जना, होम आईसोलेसनमा ११ जना र अस्पतालमा उपचाररत ३५ जना रहेको केसीले बताउँनभयो । धुलिखेल नगरपालिकामा संक्रमित हुनेमा महिला ४७ जना र पुरुष ३७ जना रहेका छन् । धुलिखेल नगरपालिकाको तथ्यांक अनुसार संक्रमित हुनेमा पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्