लिदी पहिरोका बिस्थापितलाई राहत सामाग्री



 

नानीराम नेपाल, सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदि गाउँका पहिरो प्रवाभितलाई राहत सामाग्री प्रदान गरिएको छ । लिदि पहिरोबाट बिस्थापित भएर सेलाङको बाँसखर्कमा अस्थायी आश्रय लिईरहेका उनिहरुलाई शनिवार खानेपानी संचयका लागि ट्याङ्की, कम्बल र मेडिकल सामाग्री प्रदान गरिएको हो ।

शान्ति फाउन्डेशनद्वारा संकलित राहत सामाग्री बागमती प्रदेश सभाका अर्थ तथा बिकास समितिका सभापती एवम सांसद सरेश नेपालले पहिरो प्रवाभित र बिस्थापितलाई वितरण गर्नुभयो ।

राहत वितरणका लागि बाँसखर्क स्थित अस्थायी सेल्टरमा पुग्नुभएका सांसद नेपालसँग बिस्थापित परिवारले स्थायी बासको लागि पहल गरिदिन आग्रह गरेका छन । टेन्टमा जीवनयापन कष्टकर बनिरहेको भन्दै उनीहरुले तत्काल ब्यबस्थित किसिमका अस्थायी संरचना बनाईदिन आग्रह गरे ।

पहिरोपछी लिदिबासीको जिउज्यानको रक्षाका लागि सुरक्षित स्थान खोजेर बाँसखर्क ल्याईएको स्मरण गर्दै सांसद नेपालले बर्खापछी स्थायी र सुरक्षित बासस्थान ब्यबस्थापनका लागि पहल गर्ने प्रतिवद्द्ता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्