नगरपालिकालाई उद्दार तथा सुरक्षा सामाग्री प्रदान



रामधन राई, खोटाङ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई तीन लाख रुपैंयाँ वढीको उद्दार तथा सुरक्षा सामाग्री प्राप्त भएको छ ।

क्रिस्चियन एडको सहयोगमा बाल सेवा समाज नेपाल नेर्पाले सञ्चालन गरेको शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशीलता परियोजना अन्र्तगत तील लाख ११ हजार २ सय २ रुपैंयाँ वरावरको उद्दार तथा सुरक्षाका सामग्री प्रदान गरिएको हो ।

नगरस्तरीय विपद व्यवस्थापन समितिलाई ९/९ थान सिट हार्नेस, लाइफ ज्याकेट, सेफ्टी हेल्मेट, थ्रो व्याग, रबर ट्यूब, १२ र १४ एमएमको लाईफ लाईन र प्रदान गरिएको जनाईएको छ । यस्तै, फायर इस्टिग्यीसर तथा आगलागी नियन्त्रणका क्रममा लगाउने एक जोर पञ्जा प्रदान गरिएको सशक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशीलता परियोजनाका प्रवन्धक युवराज रिजालले बताउनुभयो ।

उक्त सामाग्री बालसेवा समाज नेपाल नेर्पाका अध्यक्ष चन्द्रकला भुजेलले मेयर एबं नगर स्तरीय विपद व्यवस्थापन समितिका संयोजक दिपनारायण रिजाललाई हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्