पेरुका राष्ट्रपति विरुद्ध महाभियोग



लिमा,(एजेन्सी) ।

पेरुको कंग्रेसले राष्ट्रपति मार्टिन भिकार्रा विरुद्ध महाभियोग लगाउने प्रक्रिया शुरु गरेको छ । उनी विरुद्ध भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई अवरुद्ध पार्ने कोसिश गरेको अभियोग लगाइएको छ । संसदमा महाभियोग माथि भएको मतदानमा पक्षमा ६५ र विपक्षमा ३६ मत खसेको सरकारी प्रवक्ताले बताएका छन् ।

अब विधायकहरुले आगामी साता भिकार्रालाई ‘ नैतिक अक्षमता ’ को कारण पदबाट हटाउने सम्बन्धमा विस्तृत छलफल गर्ने भएका छन् । राष्ट्रपति विरुद्ध सरकारी रकम हिनामिना गरेको र त्यस काण्डलाई ढाकछोप गर्न खोजेको अभियोग लागइएको छ ।

५७ वर्षिय भिकार्राले आफुबाट कुनै पनि गलत काम नभएको अडान लिँदै कंग्रेसले आफु विरुद्ध राजनीतिक षडयन्त्र गरेको आरोप लगाएका छन् । कंग्रेसका अध्यक्ष म्यानुयल मेरिनोले आफुले भिकार्रोको भ्रष्टाचार ढाकछोप गर्न छलफल गरेको अडियो रेकर्ड टेप प्राप्त गरेपछि शुक्रवार संसद बैठक डाकिएको हो ।

लिक भएको सो टेपमा भिकार्रा र सरकारी अधिकारीहरुबिचको गोप्य वार्ता रहेको छ । भिकार्राले आफ्ना सहयोगीहरुलाई त्यति नाम नचलेका गायक रिचर्ड सिस्नेरोज सरकारको समर्थनमा उत्प्रेरणायुक्त भनाइ राख्नका लागि ४९ हजार ५ सय डलर भुक्तान गरिएको तथ्य लुकाउन अनुरोध गरिरहेको सो टेपमा सुन्न पाइन्छ । पेरुमा कोभिड १९ को कारण अहिले सम्म ३० हजार भन्दा बढि व्यक्तिको जयन गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्