झिलिमिली हुँदै ललितपुर महानगर



ललितपुर।

ललितपुर महानगरपालिकाभित्रका सडकहरु झिलिमिली भइरहेका छन् । महानगरभित्रका सडकमा धमाधम स्मार्ट सडक बत्ती जडान हुन थालेपछि सडक भिलिमिली हुन थालेको हो ।

कुपण्डोल जावलाखेल लगनखेल सातदोबाटो रुटमा अहिले बत्ती जडान भइरहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । अन्य रुटमा बत्ती राख्नका लागि खम्बाहरु गाड्ने काम भइरहेको छ । यो रुटमा अहिले एक सय भन्दा बढी बत्ती जडान भएका छन्

महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर महानगरका मुख्य सडकमा बत्ती जडान सुरु गरेको हो । ललितपुर महानगरपालिका स्मार्ट सडक बत्ती जडान गर्ने पहिलो स्थानीय तह हो ।

महानगरभित्रका तीनवटा रुटमा ६ सय ६९ वटा बत्ती जडान हुने छन् । महानगरका अनुसार बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल ( इनार ),पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिनेछ ।

यो बत्ती सोलार बत्ती भन्दा कम खर्चमा जडान हुन्छन् । प्रमुख महर्जनले भने, ‘ यो बत्ती सोलार बत्ती भन्दा निकै प्रभावकारी हुनेछ , महानगर झिलिमिली हुन्छ । ’ उनले स्मार्ट सडक बत्ती स्मार्ट सिटीको एउटा तत्व भएको बताउनुभयो ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले कुपण्डोलस्थित नबिल बैंक अगाडिको बत्तीको पोल राख्दै बत्ती जडान कार्यको एक महिना अघि उद्घाटन गरेका थिए ।

ललितपुर महानगरपालिकाको गौरवशाली यो योजनाको भ्याट सहित कुल लागत पाँच करोड बीस लाख रहेको महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाको लगानीमा जडान हुन लागेको स्मार्ट सडक बत्ती परियोजनाकोे कन्ट्रयाक्टर क्रम्टन महावीर जेभी रहेको छ । जडान भएका बत्तीहरु क्रम्टन कम्पनीको उत्पादन हुन् ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले स्मार्ट सडक बत्तीको जडानको सहरको सुन्दरता बढाउने बताए ।

उनले भने उहाँले भन्नुभयो-‘ यो योजना सम्पन्न भएपछि रिडरोडबाहिरका महानगरका वडाहरुमा पनि बत्ती जडान सुरु गर्नेछौं । ’महानगरले पहिलो चरणको काम सकिए लगत्तै दोस्रो चरणमा बुङमती, खोकना, सुनाकोठी, धापाखेल, हरिसिद्धीमा पनि यो बत्ती जडान गर्ने योजना बनाएको छ ।

यसका साथै यस परियोजनामा प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणको रहेको छ । ठेकेदार कम्पनीद्धारा महानगरपाकिाका प्राविधिक कर्मचारीलाई ट्रेनिङ समेत दिइने छ । काम सुरु भएको मितिले यो परियोजना ४५ दिन भित्र सम्पन्न हुने भनिएपनि निशेषाज्ञाका कारण काम सम्पन्न हुन केही समय लाग्नेछ ।

यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा पुग्नु पर्दैन ।

सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी महानगरले जनाएको छ । प्रत्येक बत्तीलाई सर्बरबाट कन्ट्रोल गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्