जनप्रतिनिधिद्वारा पत्रकार र मजदुरको निःशुल्क कोरोना बिमा



भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जा जिल्लाको तेस्रो बजार भनेर चिनिने गल्याङ बजारमा रहेका मजदुर र गल्याङ नगरपालिका भित्र सक्रिय पत्रकारको निशुल्क कोरोना बिमा वडाले गराइदिने भएको छ ।

नगरपालिकाको तीन नम्बर वडाबाट निर्वाचित अध्यक्ष महेश भट्टराईले नगरपालिका भित्र सक्रिय रहेका २१ जना पत्रकार र १६ जना मजदुरको आफ्नै ब्यक्तिगत खर्चबाट कोरोना बिमा गरिएको जानकारी दिनुभयो ।

नगरपालिका कर्मचारीहरुलाई पनि भयो जनप्रतिनिधिलाई भयो र स्वास्थ्य कर्मी लाई पनि भयो तर फन्ट लाइनमा खटिएर काम गर्ने पत्रकार र दैनिकी काम गर्ने भरियामा कसैको नजर पुग्न नसकेको हुँदा आफुले यसो गरेको उहाँले बताउनुभयो ।

देश एवम् नगरको बिकासको लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै आफुले काम गर्ने क्रममा कहि कमिकमजोरी भए त्यसलाई बाहिर ल्यादिन पनि उहाँले आग्रह गर्नुभयो ।

पत्रकार र मजदुरको गरिएको कोरोना बिमाको पोलिसी हस्तान्तरण गर्दै जनप्रतिनिधि भट्टराईले आफुले नेपाली काङ्ग्रेसको तर्फबाट टिकट पाएपनी वडा भित्र कुनै राजनीति भेदभावका आधारमा काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो मैले जानेर अहिलेसम्म कहिँ गल्ती गरेको छैन । त्यस्तो कहि कमिकमजोरी भेटिएमा आफुलाई बताउन पनि उहाँले आग्रह गर्नुभयो । पत्रकारहरु समाजको ऐना भएको हुँदा पत्रकारले समाचार लेखेकै आधारमा पत्रकारलाई दुश्मन देख्ने जनप्रतिनिधि हुन नसक्ने भन्दै मिडियामा आएका कुरालाई सच्याउदै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

हामिले काम गर्दै हिड्ने हो काम गर्ने क्रममा कहि कतै त्रुुटि भएको भए त्यसलाई पत्रकारले उजागर गर्ने हुँदा मिडियामा आएका कुरामा अरुलाई दोष लगाउनुभन्दा आफै सुध्रिन तर्फ लाग्नुपर्ने उहाँको जोड थियो ।

कार्यक्रम बोल्दै उद्याेग बाणिज्य संघ गल्याङ महासचिव कृष्ण भट्टराईले अन्य जनप्रतिनिधिले पाटिका आधारमा कर्याकर्ता छानीछानी काम गरेको देखेको बताउदै भट्टराईले एउटा नमुना काम गरेको र यसबाट अन्य जनप्रतिनिधिले पनि केही दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै गल्याङ जेसिजका अध्यक्ष द्रर्बेन्द्रदेव खनालले अमर रहन सधै नयाँ काम मात्रै गर्नुपर्दैन भैइरहेको कामलाई नयाँ ढंगबाट गर्न सके सधै अमर रहने कुुरा गर्र्दै सबैलाई समान रुपले काम गरेमा भन्दै जनप्रतिनिधि भट्टराईको प्रसंसा गर्नुभयो ।

कार्यक्रममा बोल्दै गल्याङ लायन्सका अध्यक्ष अर्जुन बस्यालले गल्याङले साझा नेतृत्व खोज्ने बेला आएको कुरा औल्याउनु भयो । कार्यक्रम आलमदेबि मिडिया प्रालीका अध्यक्ष टिकाराम अधिकारीको सभापतित्व र साधना न्यौपानेलेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्