बिहानको नास्तामा भरपर्छ मानिसको क्षमता र स्वभाव



लन्डन,(एजेन्सी) ।

अंग्रेजी समाजमा दिनभरिको खानाको सबैभन्दा महत्वपूर्ण खाना नै बिहानको नास्ता भन्ने गरिन्छ । मानिसहरुले आफ्नो इच्छा अनुसारका खानाका परिकार नास्तामा लिने गर्छन् । हरियो सलाद, दाल, अण्डा वा टोस्ट आदि नास्तामा खाने गरिन्छ । विटाविक्सले वेलायतमा गरेको नयाँ अनुसन्धानले हरेक बिहान बदामको मख्खन सेवन गर्ने मानिसहरुको यौन जीवन निकै सक्रिय र सफल हुने गरेको बताइएको छ ।

त्यसैगरी मारमाइट सेवन गर्नेहरु पढाइमा अब्बल हुने गरेको तथा नास्तामा एक कप चिया मात्र पिउनेहरु भने धेरै पैसा कमाउन सफल हुने गरेको पाइएको अनुसन्धानले जनाएको छ । विटाविक्सले करिव २ हजार वेलायती वयष्कमाथि यो सर्भेक्षण गरेको हो । एक कप चिया मात्र खानेहरुको औसतमा वार्षिक आय एक लाख पाउण्ड नाघ्ने गरेको पाइएको छ ।

त्यसैगरी फ्रेन्च टोस्ट खानेहरु पार्टी गर्न निकै रुचाउने र केरा खानेहरु तनाव मुक्त हुने गरेको पाइएको छ । त्यसैगरी एक कचौरा दाल खानेहरु भने परिवार र साथीहरुमाझ निकै विश्वासिलो हुने गरेको बताइएको छ । दही फल सेवन गर्नेहरु भने निकै भावुक हुने गरेको पाइएको छ ।

सहभागी मध्ये ३३ प्रतिशतले बिहान केहि नखाइकन दिनचर्या शुरु गर्न नसकने बताएका छन् भने १७ प्रतिशतले बिहान कफी मात्र पिउने गरेको बताउँछन् । २५ प्रतिशतले भने बिहान नास्ता नै नगरेको तथा ४२ प्रतिशतले भने आफुहरुसंग नास्ता लिन समय नै नभएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्