कर्णालीमा पञ्चवर्षिय योजनाका लागि सुझाव



दीपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेश योजना आयोगले प्रथम पञ्चवर्षिय योजनाको कार्यक्रम र नतिजा खाका वारे सुझाव लिएको छ । आयोगले योजनाका लागी सम्बन्धीत मन्त्रालय तथा सरोकारवाला विज्ञहरुवाट सुझाव लिइरहेकोछ । आयोगले हरेक दिन विहान ८ वजे देखि १० वजे सम्म भर्चुवल वैठक वसी उक्त सुझावहरु लिदै आएको हो ।

आयोगले यस अघि प्रकाशित आधारपत्रमा पञ्चवर्षिय योजनाको विषयगत पृष्ठभुमि,प्रमुख समस्या, चुनौती तथा अवसर र सोच, लक्ष्य,उद्देश्य,रणनीति तथा कार्यनीति ल्याइएको थियो । यसको विस्तृतीकरणमा कार्यक्रम तथा नतिजा खाका प्रस्तुत गरिएको कर्णाली प्रदेश योजना आयोगका कार्यवाहक उपाध्यक्ष डाक्टर दीपेन्द्र रोकायाले जानकारी दिनुभयो ।

सुझाव संकलन वैठकमा आयोगका कार्यवाहक उपाध्यक्ष डाक्टर दीपेन्द्र रोकायाले विषयगत कार्यक्रम, कार्यक्रम अवधी,कुल अनुमानीत लागत, अपेक्षित उपलब्धी र नतिजा खाकाका सुचकहरु प्रस्तुत गर्ने र त्यसैका आधारमा विज्ञहरुवाट सुझाव लिदै आएको प्रदेश योजना आयोगले जनाएको छ ।

प्रत्येक दिन संचालन हुने बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रवहादुर शाही, सम्बन्धीत मन्त्रालयका मन्त्री,योजना आयोगका पदाधिकारीहरु,सम्बन्धीत मन्त्रालयका सचिव,विज्ञ समुह र योजना महाशाखा प्रमुख सहभागी हुने गरेको कार्यवाहक उपाध्यक्ष डाक्टर रोकायाले जानकारी दिनुभयो ।

बैठकवाट आएका सुझावलाई समावेश गरि परिमार्जन गरेर कर्णाली प्रदेश सभाका विषयगत समितिहरु संग छलफल गर्ने र प्राप्त सुझावहरु लाई समावेश गरेर कर्णाली प्रदेशको पञ्चवर्षिय योजना प्रकाशन गरिने डाक्टर रोकायाले वताउनुभयो । यही भाद्र २१ गते देखि शुरु गरिएको बैठक २७ गते सम्म संचालन हुनेआयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्