नयाँदिल्लीमा ८६ वर्षीया वृद्धा बलात्कृत



एजेन्सी ।

भारतको राजधानी नयाँदिल्लीमा ८६ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा सोमबार साँझ ३२ वर्षीय सोनु नाम गरेका एक पुरुष पक्राउ परेका छन् ।

दुध लिन आफ्नै घर बाहिर उभिरहेकी ८६ वर्षीया महिलालाई ती पुरुषले एकान्त चौरमा लगेर बलात्कार गरेका थिए । प्रहरी अनुसन्धानका अनुसार वृद्धाले केही पर पगे पैसा ल्याउनुपर्ने थियो । सोही क्रममा सोनुले वृद्धालाई मोटरसाइकलमा आफ्नो साथ जान आग्रह गरेका थिए । उनीसँथै गएकी ती वृद्धा चिच्याउँदै गर्दा छिमेकीले सुनेर प्रहरीलाई बोलाएका थिए ।

सोनुलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको भारतीय मिडियाले जनाएका छन् । वृद्धाको शरिरमा चोटपटक समेत लागेको छ । भारतको कानुन अनुसार पटक पटक बलात्कार गरेको, सामूहिक बलात्कार वा नावालिगलाई बलात्कार गरेको जस्ता घटनामा दोषीलाई मृत्युदण्डको सजाय दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्