ट्रम्प नस्लावादी, मन्डेलालाई पनि नेता मान्दैनन्: माइकल कोहेन



वासिंगटन (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकील रही सकेका माइकल कोहेनले आफनो कितावमा ट्रम्प नस्लवादी भएको आरोप लगाएका छन् ।

‘अमेरिकी राष्ट्रपति ट्रम्प देश र विश्व कै अश्वेत नेताहरु प्रति प्राय नस्लवादी टिप्पणी गर्थे । ट्रम्पको दिमाग पुर्व राष्ट्रपति बाराक ओबामाका विरुद्ध घृणाले भरिएको छ । उनी नेल्सन मन्डेलालाई नेता पनि मान्दैनन् । ’ यो कुरा ट्रम्पका पुर्व वकिल कोहेनले आफनो कितावमा लेखेका छन् । कोहेनले ट्रम्पसँग एक दशकसम्म काम गरेको छ ।

कोहेनले ‘डिसलोयल ः अ मेमोयर’ नामको पुस्तक लेखेका छन् । यो पुस्तक मंगलबार प्रकासित हुनेछ । न्युयोर्क टाइम्सले उक्त किताबको एक प्रति आफुले प्राप्त गरिसकेको दावी गरेको छ । किताबमा ट्रम्पलाई लालची र कानुनमा विश्वास गर्ने ब्यक्ती भएको बताइएको छ ।

किताबमा भनिएको छ , ‘ट्र्रम्प विरोध गर्नेहरु विरुद्ध कुनै पनि हथकन्डा अपनाउन सक्छ । ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको देशलाई आफनै बपौती ठान्ने सोचको प्रशंसा गर्थे ।’

ट्रम्पको मनमा ओबामा प्रति गलत भावना थियो । उनलाई निच देखाउन ट्रम्पले ओबामा जस्तो देखिने एक ब्यक्तीलाई जागिरमा राखे । एक भिडियो पनि रिकर्ड गरे, जसमा उनले ती ब्यक्तीलाई कामबाट निकालेको देखाइएको छ । यो सबै उनले आफनो इच्छा पुरा गर्न गरेका थिए ।

कोहेनले लेखेका छन् ( नक्कली ओबामा राखेको यो प्रसंग सन् २०१२ को हो । ट्रम्प रिपब्लिकन राष्ट्रपतिय उम्मेदवार मिट रोम्नीका लागि प्रचार गरिरहेका थिए । यो भिडियो त्यो बर्ष रिपब्लिकनको कन्वेन्सनमा देखाउनु थियो ।

ट्रम्पले कयौं पटक अश्वेतका बारेमा विष ओकल्ने गरेका छन् । उनीहरुको संस्कृति र संगीतको समेत अपमान गरे । एक पटक त दक्षिण अफ्रिकाका गोराको दासतबाट मुक्त दिलाउन आन्दोलन गर्ने नेल्सन मन्डेलालाई नेता मान्नसम्म पनि अस्विकार गरेका थिए ।

कोहेनले ट्रम्पको टिप्पणीलाई उदृत गर्दै लेखेका छन्, ‘अश्वेतको शासन रहेको कुनै एक देश बताउ, जुन बेकार छैन । ट्रम्पले आफनो रियालिटी टिभी शो द अप्रेन्टिस मा अश्वेत कन्टेस्टेन्ट क्वेम ज्याक्सनका बारेमा पनि अपमानजनक टिप्पणी गरेका थिए । उनी भित्र अश्वेत सेलिब्रिटी र खेलाडीहरु प्रति पनि यसतै खालका विचार राख्थे ।’

प्रेस सचिवद्वारा अस्विकार
कोहेनले किताबमा सन् २०१६ को त्यो प्रसंग पनि उठाएका छन्, जसमा ट्रम्पसँग अफेयर भएको दावी गर्ने एक एडल्ट स्टारलाई पैसा दिन मोलतोल गरिएको थियो ।

ट्रम्प अर्गनाइजेसनमा आबद्ध अधिकारीले उनीसँग यस विषयमा कुरा गरेको उनले बताए । ट्रम्पले सन् २०१६ को रिपब्लिकन प्राइमरीका क्रममा राष्ट्रिय कमिटीको प्रतिवेदनलाई हतियारका रुपमा प्रयोग गरेका थिए ।

कोहेनको किताबमा गरिएका दावीलाई ट्रम्पकी प्रेस सचिव केली म्याकनेनीले अस्विकार गरेकी छन् । उनले भनिन् ( माइकल कोहेन बदनाम वकील हुन् ।

उनले कांग्रेसमा झुठो बोले । उनले आफनो विश्वास गुमाइसकेको छ । यदि उनी आफनो झुठबाट फाइदा उठाउने नयाँ प्रयास गरिरहेको हो भने यसमा कुनै आश्चर्य हुनु पर्दैन ।

ट्रम्पले भनेकोले झुठो बोलेको कोहेनले यस किताबका माध्यमबाट आफुसँग जोडिएका प्रश्नहरुको जवाफ दिने प्रयास पनि गरेका छन् ।

कोहेनले ट्रम्पले भनेकोले आफुले कयौं झुठो बोलेको उल्लेख गरेको छ । ती झुठ जाँचका क्रममा ट्रम्पलाई बचाउन वा उनलाई चर्चामा ल्याउन बोलिएको उनले बताएको छ । कोहेन सन् २०१८ मा केही आर्थिक अपराधहरुमा दोषी पाइएको थियो ।

उनलाई एडल्ट फिल्मकी अभिनेत्री स्टेफनी क्लिफोर्डलाई पैसा दिएकोमा निमय तोडेकोमा पन दोषी ठहर्याइएको थियो । किताबमा कोहेनले आफु निर्दोष भएको र उनलाई अमेरिकी सरकारले आफुलाई यसमा फसाएको बताएका छन् । उनकी पत्नीलाई समेत धम्की दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्