जापानका पूर्व श्रम मन्त्रीको निधन तर मृत्युकाे कारण खुलाईएको छैन



रामबहादुर थापा, जापान ।

लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै जापानको श्रम मन्त्री समेत बनेका मासाकुनी मुराकामीको ८८ बर्षको उमेरमा निधन भएको छ । उनी प्रतिनिधि सभाका पूर्व अध्यक्ष पनि हुन । उनको बिहीवार बिहान साइतामा केनको एक हस्पिटलमा मृत्‍यु भएको एनएचकेको अनलाइन सस्करणले उल्लेख गरेको छ । यध्यपी उनको मृत्‍युको कारण भने खुलाइएको छैन ।

डाएटका सदस्यको सचिवको रुपमा काम गरिसके पछि उनी १९८० को सिनेट चुनावमा भाग लिएका थिए । र उनी एउटै क्षेत्र बाट लगातार ४ पटक निर्वाचित हुन सफल भए । त्यसपछि १९९२ सालमा गठन गरिएको मन्त्री परिषदमा श्रम मन्त्री बन्न सफल भएका उनलाई प्रतिनिधि सभाको डन भनिन्थ्यो ।

तर २००१ मा भ्रष्ट्रचार गरेको आरोप लागेपछि उनले राजनीति बाट हात धुनु पर्‍यो । उनलाई भ्रष्ट्रचार गरेको आरोपमा सन् २००१ मा पक्राउ परेका उनी बिरुद्द अभियोजन पत्र दर्ता गरे पछि सन् २००८ मा दोषी ठहर गर्दै अदालतले करबासको सजाए सुनाएको थियो ।

एनएचके अनलाइन को सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्