अर्जुन र मलाइका दम्पतीलाई कोरोना



बलिउड अभिनेता अर्जुन कपुर र उनकी अभिनेत्री प्रेमिका मलाइका अरोरा खानलाई कोरोना संक्रमण भएको छ।
केही दिनअघि अर्जुनलाई कोरोना संक्रमण देखिए पनि मलाइकालाई भने हालैमात्र संक्रमणको पुष्टि भएको हो। टाइम्स अफ इन्डियाका अनुसार मलाइकाले आफूमा कोरोना पोजेटिभ देखिएको र घरमै आइसोलेसनमा रहेको बताएकी छिन्। मलाइका यसअघि इन्फियाज बेस्ट डान्सरको सुटिङमा व्यस्त थिइन्। संक्रमणपछि उनी डक्टरको सल्लाहमा घरमै आइसोलेसनमा बसिरहेकी छिन्।
एक फिल्मको छायांकनमा व्यस्त अभिनेता कपुरले आफूले कोरोना जाँच गरेको र पोजेटिभ रिपोर्ट आएपछि होम आइसोलेसनमा बसेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए। ‘म पूरै ठीक छु, मेरो शरीरमा यसको कुनै पनि लक्षण देखिएको छैन। म डाक्टरको सल्लाह लिएर घरमै बसिरहेको छु। मेरो स्वास्थको चिन्ता लिनु हुने सम्पूर्णलाई धन्यवाद। म आफ्नो स्वास्थ्यको जानकारी दिइरहनेछु।’ –उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्