उपत्यकामा कस्ता पसल कुन दिन खोल्न पाइने ?



न्युज अफ नेपाल, काठमाडौं ।

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै सपिङ मल लगमएतका पसल खुल्ने भएका छन् ।

आज तीा जिल्ला प्रमुखबीच बसेको बैठकले व्यापार व्यवसाय लगाएत यातायात खोल्ने निर्णय गरेको हो । सपिङ मल सातामा ३ दिने मात्रै खुला हुने बैठकले जनाएको छ । निर्णय अनुसार साताको सोमबार, बुधबार र शनिबार तीन दिन सपिङ मल खुला रहनेछन् । यस्तै, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु पनि सोमबार, बुधबार र शनिबार खुल्ने छन् ।

पसल संचालन गर्दा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ। यस्तै भाडा र भान्छाका सामान बेच्ने पसल पनि आइतबार, मंगलबार र शुक्रबार तीन दिन खोल्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्