बाजुराका एक कर्मचारीमा कोरोना संक्रमण



दयाराम पण्डित, बाजुरा ।

बाजुरा जिल्लामा एक जना सरकारी कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको छ । आइतबार स्वाव संकलन गरी धनगढि पठाएको थियो ।

बाजुराबाट २ सय ५६ जनाको स्वाव संकलन गरि पठाउदा १ जनामा मात्र कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । २ सय ५५ जनाको रिर्पोट भने निगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिनुुभएको छ ।हाल सम्म बाजुरामा ५७६ जना कोरोना संक्रमित भेटिएका छन् ।

५७३ जना विरामीले कोरोना जितेर घर फर्केका एक जना आइसोलेसनमा रहेका छन् । दुुइ जनाको कोराना संक्रमणकै कारण मृत्युभएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले आज प्रकासन गरेको प्रेस विज्ञेप्तीमा उललेख छ । कोरना संक्रमणकै कारण होटेल पस बन्द छन् । दैनिक ज्यालादारी खाने मज्दुरको चुलो बल्न बन्दभएको छ । बिध्यालय क्याम्पस लगायत शैक्षिक संस्था बँद छन् ।

“६/६ महिना सम्म विध्यालय बन्द हुंदा बिध्यार्थीको शैक्षिक भविस्य अन्धकार भएको छ, शैक्षिक सत्रको अन्योलता बढेको र विध्यार्थीहरुमा मनो बैज्ञानिक असर देखापर्न थालेको र कुलतमा फस्ने सम्भावना रहेको छ । ” जाल्पादेबी माध्यामकि विद्यालयका प्रधानाध्यापक बेदप्रकाश जोशीले भन्नुुभयो ।कोरोनाको भयावह अबस्थाबाट बिद्यालय क्षेत्र यथाशीघ्र मुक्त गर्न प्रयत्न गर्नु पर्ने र बिद्यलयमै भौतिक कक्षाहरु सञ्चालन गर्ने वातावरण शृजना गरिनुपर्ने ।

बैकल्पिक शिक्षा प्राप्त गर्ने वातावरण हुनुपर्ने । रेडियो टेलिभिजन जस्ता माध्यामबाट भैरहेका कक्षाको प्रभावकारिता वढाउन अभिभावकहरुले बालवालिकालार्य प्रत्यक्ष निग्रानीमा रखेर सहभागी गराउनुपर्ने । टेलिफोन इन्टरनेट सेवा सबैको पहुँचमा हुने पर्ने धरणा प्रधानाध्यापक जोशी लगायतका शिक्षकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्