प्रहरी उपरीक्षकसहित ६ जनाविरुद्ध यातना र ज्यान सम्बन्धी मुद्दा दर्ता



सञ्जय कार्की, रौतहट ।

प्रहरी हिरासतमा यातना दिएर मारेको आरोपमा प्रहरी उपरिक्षक सहित ६ जना माथि यातना तथा कर्तब्य ज्यान सम्बन्धित मुध्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय गौरमा बुधबार मृतकका बुवा पनिलाल महराले जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालिन प्रहरी उपरिक्षक रबीराज खडका, जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत प्रहरी निरिक्षक नबिन सिह, प्रहरी हवल्दारद्धय हिरोजमिया धुनिया र मन्नुकुमार सिंह र ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो र प्रहरी नायब निरिक्षक बीरेन्द्र यादब माथि यातना र कर्तब्य ज्यान सम्बन्धि मुध्दा दर्ता भएको हो ।

प्रहरी निरिक्षक नबिन सिह, प्रहरी हवल्दारद्धय हिरोजमिया धुनिया र मन्नुकुमार सिंह निलम्बनमा परिसकेका छन भने प्रहरी उपरिक्षक खडका लाई प्रहरी प्रधान कार्यालय काठमाण्डौ र प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो र प्रहरी नायब निरिक्षक बीरेन्द्र यादब लाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा तानिएको थियो । गएको भदौ १० गते ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका बिजय महराको निधन भएपछि यातना दिएर ज्यान मारेको आरोपमा उनका बुवा पनिलाल महराले न्यायको लागि मुध्दा दर्ता गर्नु भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय गौरका जिल्ला न्यायधिबक्ता सुबास कुमार भट्टराईले प्रहरी उपरिक्षक सहितको यातना र कर्तब्य ज्यान सम्बन्धि जाहेरी दर्ता गर्दै कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाएको बताउनु भयो । गएको साउन ३१ गते सच फलफुल नर्सरीमा कार्यररत गरुडा नगरपालिका–८ स्थित जिगडिया निबासी २० बर्षिय निरञ्जन रामको घाटी रेटी हत्या भएपछि प्रहरीले संलग्न रहेको आरोपमा बीजय महरा लाई पक्राउ गर्दै यातना दिएर मारेको आरोपमा प्रहरी उपरिक्षक सहित माथि यातना र कर्तब्य ज्यान सम्बन्धि मुध्दा दर्ता भएको हो ।

नीरञ्जन रामको हत्या भएपछि ईलाका प्रहरी कार्यालय गरुडाले प्रहरी निरीक्षक केश बहादुर दोङ्ग लाई अनुसन्धान अधिकृत तोकेपनि प्रहरी उपरिक्षक रबीराज खडकाले हस्तक्षेप गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटाएको प्रहरी निरिक्षक नबिन सिह सहितको टोलिले यातना दिएको आरोप स्थानीयको र घर परिबारको रहेको छ । निरन्तर आन्दोलन पछि बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा १/६४ नम्बरमा सो मुध्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय बाट पत्र प्राप्त भएको र अध्यन भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिध्दि बिक्रम शाहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्