७९ व्यक्तिको हत्या प्रयास गर्नेलाई चौध सय वर्ष लामो कारावास सजाय



इस्तानवुल,(एजेन्सी) ।

टर्कीको एक अदालतले इस्तानवुलको एक नाइट क्लबमा ३९ जनाको ज्यान जानेगरी गोली काण्ड मच्चाएको अभियोगमा एकजना पुरुषलाई आजिवन कारावास संजाय सुनाइएको छ । उज्वेकिस्तानका नागरिक अब्दुल कादिर मासारीपोभलाई सोमवार चालिस वर्ष लामो कारावास सुनाइएको थियो । सन् २०१७ को नव वर्षको दिन रेइना नाइट क्लबमा यो गोलीकाण्ड भएको हो ।

इस्लामिक स्टेट समुह ( आइएस ) ले उक्त आक्रमणको जिम्मेवारी लिएको थियो । टर्कीको एनाडोलु समाचार निकायले उनले प्रचलित संविधान उल्लंघन गरी नियतवश हत्याकाण्ड मच्चाएको र उनको अपराध क्षमा गर्न लायक नभएको जनाएको छ ।

यसेगरी अनुमित बिनाको हतियार प्रयोग गरी सो घटनामा घाइते भएका ७९ जना व्यक्तिको हत्या प्रयास गरेको आरोपमा थप १ हजार ३ सय ६८ वर्ष लामो कैद संजाय सुनाइएको छ । सोही काण्डमा संलग्न रहेका ल्यास मामासारिपोभ नामक पुरुषलाई गोली चलाउन सघाएको आरोपमा १ हजार ४ सय वर्ष लामो कारावास संजाय सुनाइएको छ ।

यस सम्बन्धमा तीन वर्ष चलेको मुद्धाको सिलसिलामा आतंककारी संगठनको सदस्य भएको अभियोगमा अन्य ४८ जनालाई पनि कैद संजाय तोकिएको र अन्य ११ जनालाई भने सफाइ दिइएको जनाइएको छ । यस घटनामा घाइते हुनेहरुमा इजरायल , फ्रान्स , ट्युनिसिया , लेवनान , भारत , बेल्जियम , जोर्डान र साउदी अरेवियाका नागरिक पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्