चीनले कोरोना महामारी नियन्त्रणमा सफलता पाउनुका तीन कारण



बेइजिंग (एजेन्सी) ।

कोरोना भाइरस संक्रमणको उदगम स्थल चीनले अब यस महामारीमाथिको नियन्त्रणमा सफलता प्राप्त गरिसकेको छ । चीनमा दिन प्रति दिन संक्रमणको मामिलामा कमी आइरहेको छ । कयौं विशेषज्ञहरुले चीनमाथि गुपचुप तरिकाले कोरोनाको खोप बनाएर आफना नागरिकलाई दिइसकेको आरोप समेत लगाएका छन् । यसबीच विश्व स्वास्थ्य संगठनले चीनको कारोना भाइरस महामारी नियन्त्रणमा पाएको सफलताको सत्यता विश्व सामु राखेको छ ।

डब्ल्युएचओका वरिष्ठ सल्लाहकार ब्रुस आयलवर्डले सेप्टेम्बर ७ मा आयोजित न्युज ब्रिफिंगमा चीनमा लगाता २० भन्दा धेरै दिनदेखि कोविड १९ को कुनै घरेलु संक्रमणको घटना नदेखिएको जानकारी दिए । यसलाई यस महामारीको नियन्त्रणमा कोशेढुंगाको महत्व रहेको छ । कोविड १९ महामारीका क्रममा आफुले अन्तराष्ट्रिय विशेषज्ञ दलसँगै चीनको यात्रा गरेको उनले बताए । चीनमा महामारी रोक्ने लडाइमा सफलता हासिल गर्नुमा तीन प्रमुख कारक भएको उनले दावी गरे । पहिलो जन स्वास्थ्य राम्रो बनाउनमा चीनको लगानी ।

चीनले राष्ट्रिय स्तरबाट प्रान्त तथा शहरका समुदायसम्म एक सार्वजनिक स्वास्थ्य प्रणाली स्थापित गरेको ब्रुसले बताए । जसबाट जानकारी तथा अनुभव प्रवाह गर्न अनुमति दिन सकिन्छ । यसमा महामारी विरुद्ध लडाईमा महत्वपुर्ण भुमिका निभाएको छ । उनले भने, अर्को कारण भनेको चिनियाँ जनतामा ब्यक्तिगत जिम्मेवारीको भावना र तेस्रो महामारी रोकथामको कार्यमा चीनको विभिन्न स्तरको अधिकारीहरुको पर्याप्त ध्यान ।

चिनियाँ राष्ट्रपति सी जिनपिंगले कोरोना महामारीका क्रममा वेइजिंगले खुला र पारदर्शी तरिकाले काम गरेको दावी गरेका थिए । सीले भनेका थिए, चीनले ठोस कमद चालेको थियो जसले विश्वभरी करोडौंको ज्यान बचाउन सकुन । सीले कोरोना भाइसर महामारीसँग लड्नमा चीनको भुमिकाको प्रशंसा गर्दै अमेरिकी आलोचनाको जवाफमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) प्रति समर्थन जनाएका थिए ।

कोरोना भाइरस पहिलो पटक गत बर्षको अन्तमा वुहान सहरमा देखिएको थियो । अमेरिका र अन्य देशले चीनद्वारा सुचना लुकाएकोले संक्रमित अनियन्त्रित हुन पुगेको आरोप लगाएका छन् । तर आफुले तिब्रता र जिम्मेवारी पुर्वक काम गरेको चीनले जनाएको छ । तर चीनले यस विषयमा स्वतन्त्र जाँचको मागलाई अस्विकार गरेको थियो । अमेरिकाको आरोपलाई लिएर चीन डब्ल्युएचको साथमा उभेका थिए । यसबीच अमेरिका डब्ल्युएचको चीन प्रतिको झुकाव बढ्दो भएको आरोप लगाउँदे उक्त विश्व संस्थाबाट अलग्गिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्