अदालतले जमानत दिन अस्विकार गरेपछि रिया चक्रवर्तीलाई १४ दिनका लागि हिरासत पठाइयो



काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणको कारण चचाएमा आएकी अभिनेत्री रिया चक्रवर्ती मंगलबार पक्राउ परेकी छन् ।

रियालाई बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा छानबिन गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको हो ।

साथै अदालतले उनको जमानत अस्विकार गरेपछि उनलाई १४ दिनका लागि हिरासतमा पठाइएको छ । साथै एनसीबीको टिमले गएरातीनै रियाको घरमा छापा मारेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

हाल सिबिआइले यस प्रकरणमा अनुसन्धान गरिरहेकोमा यो घटना ड्रग्ससँग सम्बन्धित भएको देखिएपछि अहिले एनसीबी अनुसन्धान गरिरहेको छ । एनसीबी बलिउडमा ड्रग्सको ठुलो गिरोह रहेको आशंकामा यो घटनालाई जोडेर अनुसन्धान गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

रियालाई अभिनेता सुशान्तलाई ड्रग्स खुवाएको प्रमाण फेला परेपछि हिरासतमा लिइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । रियाले एनसीबीसँगको बयानमा बलिउडका २०-२५ कलाकारको नाम लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

रियाको घरबाट उनका ल्यापटपसहित अन्य इलेक्ट्रोनिक डिभाइस जफत गरेर एनसीबीले अनुसन्धान शुरु गरेको बताइएको छ । यता सुशान्तका फ्यानहरुले रियाको पक्राउसँगै खुसी मनाउन सुरु गरेका छन् । अब सुशान्तले न्याय पाउँने भन्दै सामाजिक सञ्जाल मार्फत एनबीसीलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्