आयो फ्राइडे नाइट



गायक सन्तोष बस्न्यातको नयाँ गीत फ्राइडे नाइट म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गीतमा राजकुमार बस्नेतको संगीत तथा गायक सन्तोष बस्न्यातको शब्द रचना रहेको छ।

रिकेश गुरुङले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियो रमाइलो बनेको छ। लामो समय बेलायतमा संगीत अध्ययन गरेर फर्केका सन्तोष बस्न्यात केहीअघि नेपाल पर्यटन बोर्डले आयोजना गरेको टुरिजम भिडियो प्रतियोगितामा भिजिट नेपाल बोलको गीतबाट द्वितीय स्थान हासिल गर्न सफल भएका थिए।

अभिनयको डीओपी र प्रमेश श्रेष्ठको छायांकन रहेको भिडियोमा कन्सेप्ट अनुपको रहेको छ। भिडियोलाई सौगातमानसिंह बस्नेतले निर्देशन तथा सम्पादन गरेका छन्।

भिडियोमा विवेक कर्माचार्य र अभिलाषा शर्मा फिचर्ड छन्। बस्न्यातले केही समयअघि मात्र लुक्ला नामक गीत सार्वजनिक गरेर सोलुखुम्बुको चित्रण गरेका थिए।

उनका यसअघि आमा बोलको गीत र दुई कमेडी एल्बम खट्टोपीरो र आइया आथ्था सार्वजनिक भइसकेका छन्। हालै मात्र उनले लीला नामक सांगीतिक एल्बम पनि सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्