अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रमका साथ सम्पन्न



न्युज अफ नेपाल, भक्तपुर ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजनामा ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रमका साथ भव्यरूपमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सरिक हुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणि पोखरेलले सानोठिमी स्थितः शिक्षा तथा मानव स्रोत विकास केन्द्रको परिसरमा एभोकाडोको वृक्ष रोपण गरी अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभारम्भ गर्नु भएको थियो । साथै मन्त्री पोखरेलले उक्त दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वाराप्रकाशित “शैक्षिक स्मारिका“ २०७७ विमोचन गर्दै दिवस मनाउने क्रममा उपस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गत निकायका कर्मचारीहरू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा सम्बद्ध सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूलाई सम्बोधन गर्नु भयो ।

सम्बोधनका क्रममा मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउनुको अर्थ सबै साक्षर भई सिप सिकि, गरिवीको अन्त्य गर्न सहयोग पुर्‍याउन हो । यसका लागि राज्यले लक्षित समूहका सबै नेपालीलाई साक्षर गर्न साक्षर नेपाल अभियान सञ्चालनमा ल्याएको छ ।

हामी सबै तह तप्काहरूमिली यस अभियानलाई सार्थक रूप दिऔँ । सबैको प्रयासले नेपालका ५३ ओटा जिल्ला हालसम्म साक्षर घोषणा भइसकेका छन् । बाँकी केहि जिल्लाहरू साक्षर घोषणाको पूर्ण तयारी चरणमा पुगेकामा कोभिड १९ का कारण घोषणाको पर्खाइमा रहेका छन् भने अन्य जिल्लाहरू घोषणाको तयारीमा रहेका छन् । प्रदेश नं. २ का ८ ओटै जिल्लामा साक्षरता कक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले केही समस्या देखिन्छ । त्यो पनि यो चालु आर्थिक वर्ष भित्र सम्पन्न भई साक्षर नेपाल घोषणामा हामी पुग्नेछौँ भन्नु भयो ।

दिवसका सन्दर्भमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा.तुलसीप्रसाद थपलिया तथा केन्द्रका उपमहानिर्देशक श्री विष्णुप्रसाद अधिकारीले कार्यक्रमका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

उक्त दिवसका सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम मनाउन केन्द्रले निर्देशक माधवप्रसाद दाहालको संयोजनमा प्रचारप्रसार एवम् भिडिया परिचालन समिति, निर्देशक राजकुमार थापाको संयोजनमा शैक्षिक स्मारिका प्रकाशन समिति, निर्देशक सुरेशकुमार जोशीको संयोजनमा विशेषाङ्क प्रकाशन समिति, निर्देशक सरिता खतिवडाको संयोजनमा सरसफाइ वृक्षरोपण तथा अतिरिक्त व्रिmयाकलाप समिति गठन गरिएका थिए ।

स्मरणीय छ दिवसका सन्दर्भमा केन्द्रमा गठित समितिहरूले शैक्षिक स्मारिका प्रकाशन, विभिन्न भाषामा श्रव्य सामग्री र नेपाली भाषामा श्रव्यदृश्य सामग्री विकास गरी सञ्चारका विभिन्न माध्यमको उपयोग गरी प्रकासन/प्रसारण, आम सञ्चारका विभिन्न माध्यमबाट परिसम्वाद तथा अन्तरक्रिया कार्यक्रम प्रसारण, गोरखापत्रमा विशेषाङ्क प्रकाशन, राष्ट्रव्यापी खुला निबन्ध प्रतियोगिता सञ्चालन र सानोठिमी स्थित केन्द्र परिसरको सरसफाइ तथा परिसरमा वृक्षरोपण कार्यहरूभौतिक दुरी कायम गरी सम्पन्न गरिए ।

प्रतिक्रिया दिनुहोस्