चोरीमा संलग्न दाजु बहिनीसहित ४ पक्राउ



सुभेन्द्र दास, सप्तरी ।

सप्तरी प्रहरीले नगर क्षेत्रमा चोरीमा संलग्न एक कुख्यात चोरसहित अन्य तीन जनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कुख्यात चोर राजविराज ४ निवासी सैनीभनिने २८ वर्षीय सनियाँ मण्डल र चोरीका मतियार उनको २४ वर्षीया बहिनी ज्योति, सोही वडा बस्ने २२ वर्षीय मो. समिम अन्सारी तथा रुपनी गाउँपालिका ४ बस्ने २६ वर्षीय लाल महम्मद राइन् छन् ।

प्रहरी सक्रिय भएपछि पछिल्लो पटक राजविराज७ स्थित एक पसलमा चोरी गरेको ८ घण्टा नबित्दै उनीहरुलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

घटना विवरण अनुसार राजविराज ७ स्थित हटियामा रहेको गणेश किराना स्टोर्स पसलमा सोमबार बिहान ४ बजेतिर सटर फोडेर नगद ४ लाख, १ लाख ५० हजारको रिचार्ज कार्ड तथा केही किराना सामान चोरेर लगेपछि पसल संचालक ओम प्रकाश साहद्वारा प्रहरी समक्षउजुरी परेको थियो ।

बिहान ८ बजे प्रहरी निरिक्षक सन्तोष खडकाको नेतृत्वमा खटिएको टोलीले पसलमा जडान गरिएको सिसि क्यामराको फुटेजको आधारमा अनुसन्धानगर्दै जाँदा साँझ७ बजे सफलता मिलेको प्रहरीको भनाई छ ।

चोरीमा संलग्न मुख्य नाइके सनिया मण्डल पक्राउ परेपछि उनले दिएको बयानको आधारमा प्रहरीले राजविराज २ मामदिरा पसल संचालनगर्दै आएकीउनकीबहिनी ज्योति, होटलका कामदार मो. समिम र रुपनी गाउँपालिकाका लाल मोहम्मदलाई पनि नियन्त्रणमा लिइएको थियो । लाल मोहम्मदले चोरीमा सघाएका थिएभने ज्योति र समिमले चोरीको रकम र सामान लुकाउन सघाएको प्रहरी उपरिक्षक धमलाको भनाई छ ।

साहको पसलबाट चोरी गरिएका ४ लाख रुपैयाँमध्ये ३ लाख ५९ हजार २ सय ९५ रुपैयाँ ज्योतिमदिरा पसलभित्रै माटोमुनी गाडेको र खेलौना भित्रलुकाइराखेको अवस्थामाप्रहरीले बरामद गरेको छ । यस्तै चोरी गरिएका १ लाख ५० हजार रुपैयाँको रिचार्ज कार्ड मध्ये ५० हजार ५० रुपैयाँको रिचार्ज कार्ड पनि सोही होटलबाट बरामद गरिएको छ । बाँकी रकम र रिचार्ज कार्ड कहालुकाएको भन्ने विषयमा सोधपुछ भइरहेको प्रहरीको भनाई छ ।

यसअघि नगर क्षेत्रमा भएका दर्जनौं चोरीका घटनामा समेत उनीहरुको संलग्नता रहेको बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्