मादक पदार्थ सेवन गरी प्रहरीमाथि कुटपिट गर्ने तीन युवामाथि कारवाही



पाल्पा।

मादक पदार्थ सेवन गरी प्रहरीमाथि कुटपिट गर्ने तीन जना युवा माथि प्रहरीले कार्वाहीको प्रक्रिया थालेको छ ।

अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान कुटेको आरोपमा रामपुर ४ का २० बर्षिय सुसन नेपाली, ३५ बर्षिय मन बहादुर नेपाली र वडा नम्बर ५ का २२ बर्षिय सुरज सार्कीलाई नियन्त्रणमा लिएर शार्वजनिक शान्ति बिरुद्धको कसूरमा मुद्धा दर्ता भएको हो । जिल्ला प्रशासन कार्यालय बाट १० दिनको म्याद लिई थप अुनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मादक पदाद्र्ध सेवन गरि होहल्ला गर्दे अशान्ती फैलाएकाले नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गर्ने क्रममा रामपुर अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान जय प्रकाश चौधरीलाई अस्लिल शब्दमा गाली गलौज गर्दे हातपात तथा कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्