करेन्ट लाग्दा रसुवामा एकको मृत्यु



सरस्वती न्यौपाने, रसुवा ।

गोसाईकुन्ड गाउँपालिका वडा नम्बर ५ खोपाङमा स्काभेटरलाई विधुत तारले छुदा करेन्ट लागेर एकको मृत्युु भएको छ।

स्काभेटर चालक उतरगया गाउँपालिका वडा नम्बर ५ लहरेपौवा निवासी दिनेश श्रेष्ठ रहेका छन। घटनापछि चालकलाई उपचारका लागि जिल्ला अस्पताल धुन्चे पुराएर पनि उनको उपचारका क्रममा निधन भएको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर अनिल कुमार खरेलले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आज विहान ट्रकमाथि स्काभेटर राखी स्याफ्रुतर्फ लादै गर्दा उक्त घटना भएको हो । पासाङ ल्हामु राजमार्ग छेउमा रहेको धुन्चे स्याफ्रु ११ केभि विधुत प्रसारण लाईन तारमा मेसिन कसरी छुन गयो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्