ढोरपाटन नगरपालिकालाई शाइनरेसुङ्गा बैंकको सहयोग



यमलाल भुसाल, बुटवल ।

बाढी पहिरोको प्रकोपमा परेको बागलुङको ढोरपाटन नगरपालिकालाई शाइनरेसुङ्गा डेभलपमेण्ट बैंकले आर्थिक सहयोग गरेको छ । बाढी पीडित परिवारको राहतकालागिबैंकले नगरपालिकाको दैवीप्रकोप उद्धार कोषमा एक लाख ५० हजार रुपैयां सहयोग गरेको हो ।

बैंककाअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र बैंकको बुर्तिबाङ शाखाप्रबन्धक प्रेमनाथपौडेलले सोमबार बुर्तिबाङमा ढोरपाटन नगरपालिकाकाप्रमुख देवकुमार नेपालीलाई डेढ लाख रुपैयांको चेक प्रदान गरेका छन् । चेकबुझ्दै ढोरपाटन नगरपालिकाकाप्रमुख नेपालीले बाढीका कारण ३१ घर बगाएको र ७० बढी घरमा क्षति पु¥याएकाले नगरपालिकाकालाई सबैको सहयोगको खांचो रहेको बताउनु भयो । बैंककाअध्यक्षश्रेष्ठले बाढीपीडित परिवारको राहतकालागि सामाजिकउत्तरदायित्वअन्तर्गत नगरपालिकालाई आर्थिक सहयोग गरेको बताउनु भयो ।

यसअघि बैंकले प्रदेश ५ सरकारको कोरोना राहत कोषमा २५ लाख ५० हजार सहयोग गरेको र प्युठानका स्थानीयतहमापीपीई लगायत स्वास्थ्य सामग्रीप्रदान गरेको बैंककाप्रमुखकार्यकारी अधिकृत प्रकाशपौडेलले बताउनु भयो । गतबुधबार राति ढोरपाटन शिकार आरक्ष छेउको देउराली पहाड पहिरोले खसेर भुजीखोलाथुनिएर फुटेपछि आएको बाढीले घरहरु बगाउंदा १४ जनाको मृत्यु भएको थियो भने अझै २४ जना वेपत्ता रहेका छन् ।

प्रदेश ५, गण्डकी र बागमतीप्रदेशमा गरी बैंकका७० वटा शाखा रहेकाशाइनरेसुङ्गाप्रदेश ५ को एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो ।

प्रतिक्रिया दिनुहोस्