धान खेतमा पानी हाल्न नदिए पछि झगडा, दर्जनौं हस्पिटलमा



महेश सिंह, सिरहा लहान ।

सिरहाको बर्यारपटि गाउँपालिकामा वडा नम्बर १ कचनारीमा धानमा पानी पठाउने विषय लिएर भएकाे बिवादले उग्ररुप लिएपछि ३ प्रहरी सहित दर्जनौं ब्यक्ति घाइते भएका छन् । शुक्रबार राती करीब ९ बजे तिर रामनाथ यादव र बिजय यादवको पक्ष बीच धान पठाउने विषयलाई लिएर बिवाद उग्ररूप लिएपछि झगडा भएकाे थियाे।

स्थानीय अजय यादवको खेतमा रहेको बोर्डिङमा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट पानी धान खेतमा पानी ‘म पहिला हाल्छु त, म पहिला हाल्छु’  भन्दै बिवाद उग्ररूप लिए पछि झगडा भएको थियो । मोटर ,बोडीङ २, जग्गा सहित स्थानीय सोही बस्ने अजय चौधरीको निजि हुन् ।

पुरानो रिशिबिको कारणले उक्त झगडा भएको स्थानीयले बताए धान पटाउने एउटा् बहाना र झगडा गर्ने न्यु मात्र भएको उनले बताए । घाइते हुनेमा दिनेश कुमार यादव भगतको १० टाका लगेको छ भने श्यामकुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादवलाई ३ वटा टाका लागेको छ् ।

घाइतेलाई सिरहा सदर मुकायमको सरकारी अस्पतालमा उपचार गराएको पीडितले बताए । यता १० जनाको एक समुहले राज कुमार यादवको श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई घरमा गई बोक्सीको आरोपमा बेस्सरी कुट्पिट गरेको पीडितले बताए ।

उक्त घटनामा शान्ति सुरक्षाको लागि प्रहरी चौधरी कचनारीबाट खटिएको नेपाल प्रहरीको दुई जना जवान र बोडर चेक पोस्ट कचनारीमा खटिएको सशस्त्र प्रहरीका ईन्स्पेकटर सुर्य धमलालाई बाँया पाखुरामा गहिरो चोट लागेको धमलाले बताए । नेपाल प्रहरीमा घाइते जवानको नाउँ गोप्य रहेको छ।

उक्त घटनाको आरोपमा एक जना युवालाई ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरपतारीको थुनुवा गृहमा राखिएको छ् । उक्त घटना छानबिनको लागी युवालाई पक्राउ गरी छानबिनको लागि राखिएको ईन्स्पेकटर अरबिन साहले बताए ।

प्रतिक्रिया दिनुहोस्