महरालाई यातना दिने प्रहरी अधिकारीलाई कारबाहीको माग राख्दै दैनिक आन्दोलन



सञ्जय कार्की, रौतहट ।

हत्या घटनाका एक आरोपीको प्रहरी यातना बाट निधन भएपछि पीडितपक्षको तर्फ बाट संघर्षका कार्यक्रम दैनिक भैरहेको छ । प्रहरी यातना बाट गम्भिर घाईते भई नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगजमा उपचारकै क्रममा गएको १० गते मृत्यु भएका गरुडा नगरपालिका–५ जिगडिया निबासी बिजय महरा लाई न्याय दिन भन्दै दैनिक आन्दोलन भैरहेको छ ।

घटना भएको आठ दिन बितिसक्दा समेत पीडित परिबार लाई राज्यको तर्फ बाट सम्बोधन हुन नसकेको भन्दै दैनिक नारा, जुलुस प्रर्दशन भैरहेको छ भने पुर्बमंन्त्रि बिशेन्द्र पासवान ईलाका प्रहरी कार्यालय गरुडाकै गेटमा आमरण अनशनमा बसेका छन । साउन ३१ गते गरुडा नगरपालिका–८ जिंगडीया निबासी बीस बर्षिय निरन्जन रामको घांटी रेटी हत्या भएको घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले बिजय महरा सहित ७ जना लाई पक्राउ गरेको थियो । पक्राउ परेका महरा लाई घटना स्वीकार गराउन जिल्ला प्रहरी कार्यालय रौतहट बाट आएको प्रहरी निरिक्षक नबिन सिह, प्रहरी हवल्दारद्धय फिरोजमिया धुनिया र मन्नुकुमार सिंहले चरम यातना दिएको खुलेको हो ।

थुनुवा कक्षमा रहेका महरा लाई जिल्ला प्रहरी कार्यालय गौरका अर्का प्रहरी हवल्दार अजय यादबले थुनुवा बुझेको भरपाईमा हस्ताक्षर गरेर ईलाका प्रहरी कार्यालय गरुडा बाहिर लैजाने गरेको समेत खुलेको छ । नीरञ्जन रामको हत्या पछि अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक केदारमान दोङलाई अनुसन्धान अधिकृत तोकिएपछि जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी टोलिले हस्तक्षेप गरेर यातना दिएको पाइएको छ । जिल्ला बाट आएका प्रहरी निरीक्षक नबिन सिह सहितको क्राईम टोलीले थुनुवाकक्ष बाट बिजय महरा र सिकेन्द्र पासवानलाई जिम्मामा लीदै घट्ना स्विकार गराउने कुटपिट गरेको खुलेको हो ।

महराको निधन भएपछि दलित समुदायले निरञ्जन राम र बिजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहट गठन गरेर दैनिक आन्दोलन गर्दै आएका छन । समितिका संयोजक सोनेलाल रामले नीरञ्जन रामको हत्या भएपछि प्रहरी बिजय महरा सहित पाँच जना निर्दोष माथि मुध्दा चलाएको बताउनु भयो । उहाका अनुसार प्रहरीले घटनामा नभएका सिकेन्द्र पासवान, अजय राम, विवेक राय र अर्जुन रामलाई पक्राउ गरी मसध्दा चलाएको हुदा उनीहरु लाई तत्काल रिहाईको माग गर्नु भएको छ ।

संघर्ष समितिले मृतक निरञ्जन राम र बिजय महरा लाई शहिद घोषणा गर्नु पर्ने, नीरञ्जन रामको हत्याका योजनाकार लखन साह र राजगीर साह लाई तत्काल पक्राउ गर्नु पर्ने, निरञ्जन राम र बिजय महरा हत्याकाण्ड लाई छानबिन गर्न मानबअधिकार आयोग र दलित आयोग सम्मिलित संसदिय उच्च स्तरीय छानबिन समिति गठन गर्नु पर्ने, मृतक नीरञ्जन राम र बिजय महराको शालिक निर्माण गर्नुपर्ने लगायतको माग राखेर आन्दोलन गर्दै आएका छन ।

मृतक महराका बुवा पनिलाल महराले तत्कालिन प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो, प्रहरी निरिक्षक नबिन सिह, प्रहरी नायब निरिक्षक बिरेन्द्र यादब, प्रहरी हवल्दारद्धय फिरोज मिया धुनिया, र मुन्ना सिह बिरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा दिएको यातना र ज्यान सम्बन्धि कसुरको जाहेरी दर्ता हुनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्