गुगल म्याप्सका कारण एक दम्पतीको सम्बन्ध बिच्छेद



लिमा,(एजेन्सी)

सन् २००५ मा गूगल म्याप्स शुरु गरिँदा विश्व अचानक साँघुरिन पुगेको थियो । यस प्रविधि मार्फत प्रयोगकर्ता पृथ्वीको झण्डै सम्पूर्ण भू–भागमा पुग्न सक्ने भएका छन् । यसरी एकैछिनमा चाहेको स्थानमा घरैमा बसेर पुग्न सकिन्छ । यसले आ–आफ्ना नियमित जीवन यापन गरिरहेका मानिसहरुको तस्वीर पनि खिच्न सक्छ ।

तर यहि प्रविधि अन्तर्गतको स्ट्रिट भ्यु टुलले खिचेको तस्वीरमा आफ्नी पत्नीलाई परपुरुषसंग बसेर मायाप्रिती लगाउँदै गरेको देखेपछि निकै दुखित भएका छन् । फेसबुकमा भाइरल भएका यि तस्वीरमा पेरुको राजधानीको एकमार्गमा बस्ने बेन्चहरु लश्करै देखिन्छन् । ति मध्ये एउटा बेन्चमा कालो टप र सेतो कमिज लगाएकी एक महिलाको काखमा सेतो जम्पर लागाएका एक पुरुषले आफ्नो टाउको बिसाएको देखिन्छ ।

तर गोपनियता राख्ने आचार संहिता अनुसार गूगल म्याप्सले पुरुषको अनुहार लुकाउने र महिलाको रुपलाई धमिलो पार्ने काम गरिएको छ ।
तर अचानक म्याप्समा घुम्दै जाँदा ति नाम नखुलाइएका पतिले आफ्नी पत्नीको मनपर्ने पहिरनलाई लिएर शँका लागेर पत्नीमाथि दवाव दिएर सोधपुछ गरे । केहि सिप नलागेपछि पत्नीले सन् २०१३ को सो डेटिंग स्विकारिन् । र , ति दम्पतीको पारपाचुके भयो ।

प्रतिक्रिया दिनुहोस्