लियोन महिला च्याम्पियन्स लिगको फाइनलमा



लन्डन, (एजेन्सी)
फ्रान्सेली फुटबल क्लब लियोन महिला च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। स्पनेको विल्बाओमा बुधबार राति भएको सेमिफाइनलमा लियोनले पेरिस सेन्ट जर्मेन पीएसजीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। योसँगै लियोनको महिला फुटबल टोलीले सर्वाधिक नवौंपटक च्याम्पियन्स लिगको फाइनल पुगेर कीर्तिमानसमेत बनाएको छ।

उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा दुवै टिम १० खेलाडीमा समेटिँदा लियोनले त्यसको फाइदा उठाएको थियो। खेलको ६७औं मिनेटमा विन्डी रिनार्डले हेडमार्फत गोल गर्दै लियोनलाई अग्रता दिलाएकी थिइन्।

सोही गोल लगातार पाँचौंपटक च्याम्पियन्स लिगको फाइनलमा पुग्न लियोनलाई पर्याप्त बन्यो। पीएसजीले शुरुआतमै गोलका केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट नै यात्रा टुंग्याउन बाध्य भएको भयो।

अब लियोनले आइतबार उपाधिका लागि जर्मन च्याम्पियन्स उल्भसबर्गसँग प्रतिस्पर्धा गर्नेछ। आइतबार हुने फाइनल खेलमा लियोन विजेता बनेमा लियोन समग्रमा सात र लगातार पाँचौंपटक युरोपियन च्याम्पियन बन्नेछ। कोरोना भाइरसका कारण म्याचहरू एउटै खेलस्थल र बन्द रंगशालामा खेलाइएका छन्।

प्रतिक्रिया दिनुहोस्