ब्लाइन्ड मैदानमै ढले



लन्डन, (एजेन्सी)
डच क्लब आयाक्सका डिफेन्डर डेली ब्लाइन्ड फुटबल खेलको क्रममा बेहोस भएर मैदानमा ढलेका छन्।
प्रि–सिजन तयारीअन्तर्गत मंगलबार राति घरेलु मैदानमा जर्मन क्लब हर्था बर्लिनविरुद्धको मैत्रीपूर्ण खेलमा डिफेन्डर ब्लाइन्ड बेहोस भएर मैदानमा ढलेका हुन्।आम्सटर्डम एरिनामा दोस्रो हाफको खेलमा ब्लाइन्ड मैदानमा ढलेका थिए।ब्लाइन्ड मैदानमा ढलेपछि क्लबको मेडिकल टिमले मैदानमै प्राथमिक उपचार गरेपछि ७९औं मिनेटमा मैदानबाट बाहिरिएका थिए।
नेदरल्यान्ड्सका डिफेन्डर ब्लाइन्ड मुटुको समस्याका कारण मैदानमा ढलेको बताइएको छ।ब्लाइन्डले गत वर्ष मुटुमा इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलिटर (आईसीडी) राखेका थिए।३० वर्षीय ब्लाइन्डलाई २०१९ को डिसेम्बरमा मुटुसम्बन्धी रोग देखापरेको थियो।म्यानचेस्टर युनाइटेडका पूर्वडिफेन्डरसमेत रहेका ब्लाइन्ड हाल पूर्णरूपमाठीक रहेको आयाक्सका प्रशिक्षक एरिक टेन हागले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्