बार्सिलोनामाथि गोल वर्षा गर्दै बायर्न सेमिफाइनलमा



एजेन्सी ।

स्पेनिस फुटबलका महारथी बार्सिलोनामाथि गोलको वर्षा गर्दै जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वार्टरफाइनलमा बार्सिलोनाले पाँच पटकका च्याम्पियन बार्सिलोनालाई ८–२ को भारी गोलअन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाली समयअनुसार शनिबार बिहान पोर्चुगलको लिस्बन सहरस्थित स्टाडिया डा लुइज रंगशालामा भएको उक्त खेलमा बार्सिलोनाले इतिहासकै लज्जास्पद हार भोग्दा बार्यनले भने कीर्तिमानी जित निकाल्यो ।

खेल सुरु भएको चौथो मिनेटबाट बार्सिलोनाविरुद्ध आक्रमण तेज पारेको बार्यनले खेलभरि नै एकपक्षीय नियन्त्रण बनाएको थियो । बायर्नले पहिलो र दोस्रो हाफमा समान चार(चार गोल गरेका थिए । त्यस्तै एक गोल आत्मघाती पनि भएको थियो । बार्सिलोनाले दोस्रो हाफमा १ गोल फर्कायो । खेलमा भएका कूल १० गोलमध्ये बार्सिलोनाले १ गोल गर्दा बार्यनले ९ गोल हान्यो । खेलमा बार्यनका थप ३ गोल रद्द भएका थिए ।

बार्यनले खेल सुरु भएको चौथो मिनेटमै गोल गरेर झट्का दिएको थियो । बार्सिलोनाको गोलपोस्टतर्फको पहिलो मुभमै बार्यनका लागि खेल सुरु भएको ३ मिनेट ५ सेकेन्डमा थोमस मुलरले गोल गरे । तर, गोल गरेको ३ मिनेटपछि नै बार्यनले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो । बार्सिलोनाका जोर्डी अल्बाको प्रहार क्लियर गर्नेक्रममा बार्यनका डिफेन्डर डेभिडले आफ्नै गोलपोस्टमा बल छिराए पछि खेल १–१ को स्थितिमा पुगेको थियो ।

तर, त्यसपछि बार्यनले निर्ममतापूर्वक बार्सिलोनामाथि गोल वर्षा गर्‍यो । खेलको २१औं मिनेटमा इभान पेरिसिचले बार्यनका लागि दोस्रो गोल गरे भने २७औं मिनेटमा सेर्गे गेनाब्रीले तेस्रो गोल गरे । त्यसपछि ३१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्यन ४–१ ले अघि रह्यो ।

दोस्रो हाफमा दुवै पक्षबाट गरी थप ५ गोल भए । खेलको ५७औं मिनेटमा बार्सिलोनाले स्वारेजको गोलमार्फत दोस्रो गोल फर्कायो । यता, ६३औं मिनेटमा जोसुवा किमिचले बायर्नका लागि पाँचौं गोल गर्दा ८२औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले छैटौं गोल गरे । त्यसपछि बेन्चबाट ७५औं मिनेटमा मैदान छिरेका फिलिपे कोउटिन्होले २ गोल गर्दै १ असिस्ट पनि दिए । उनले लेवान्डोस्कीको गोलमा असिस्ट दिएर आफूले ८५औं र ८९औं मिनेटमा गोल गरे ।

बार्सिलोनाबाट गत समर सिजनमा लोनमा बार्यन पुगेका ब्राजिलियन खेलाडी कोउटिन्होले यस खेलको १५ मिनेटभित्र २ गोल र १ असिस्ट गरेर बार्सिलोनालाई आफू फिट रहेको सन्देश दिए । कोउटिन्हो बार्सिलोनामा कोच र कप्तानको रोजाइमा नपरेपछि निराश बनेर गत समरमा लोनमा बार्सिलोना छाड्न बाध्य भएका थिए ।

यस खेलमा बार्सिलोनाका कप्तान लिओनल मेसी खेलभरि नै निरीह देखिए । बार्यनविरुद्ध उनको कुनै जादु चलेन । चौथो मिनेटमै गोल बेहोरेपछि थकित र निराश देखिएका मेसीले उही गतिमा खेल सिध्याए । यता, बार्सिलोनालाई बेइज्जतीपूर्ण हार चखाउँदै सेमिफाइनल पुगेको बार्यनले अब लियोन र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्