डडेल्धुरा सदरमुकामको मुख्य सडकमै खोला बगेपछि (फोटोफिचर)



राम धामी, डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशको भौगोलिक केन्द्रविन्दु मानिने डडेल्धुरा सदरमुकामका मुख्य राजमार्गमा वर्षातको पानीले खोलो बग्न थालेपछि स्थानीयले सास्ती खेप्नु परेको छ । सदरमुकाम क्षेत्रका मुख्य सडकहरुमा बाढीका कारण नाली बिग्रदा बिच सडकमा खोला बग्ने गरेका छन ।

बर्षातका बेला सदरमुकाम क्षेत्रका मुख्य सडकहरुमा खोलो बग्ने गरेकाले सवारी साधन सञ्चालनकासाथै स्थानीयलाई हिडडुल गर्न समेत समस्या हुने गरेको छ । सडक नाली व्यवस्थित नहुदाँ सदरमुकाम क्षेत्रका सडकहरु खोलामा परिणत हुने गरेको स्थानीय समाजसेवी शेरबहादुर गुरुङले बताए ।

पछिल्ला दिनहरुमा अविरल बर्षाका कारण भिमदत्त राजमार्गकासाथै सदरमुकाम क्षेत्रका सडकहरुमा पैदल हिड्ने अवस्था समेत छैन । अमरगढी नगरपालिकाको तुफानडाँडा चोक, प्रशासन जाने बाटो, अमरगढी मार्ग, विद्युत रोड र बागबजार–प्रशासन सडकका साथै अन्य ग्रामीण क्षेत्र जोडने मुख्य सडकहरुमा खोला बग्ने गरेका छन ।

साघुँरो सडक त्यसमा पनि वर्षातको समयमा सडकबाटै पानी बग्दा आवत जावतमा निकै कठिनाई हुने गरेको स्थानीय बताउछन । समान्य वर्षा भएपनि सडकमा खोला बग्ने गरेकाले हिडडुल गन सकस हुने गरेको सदरमुकाम तुफानडाँडास्थित अमरगढी होटलका प्रोपराईटर महेश जोशी बताउछन । मुख्य सडकहरुमा खोला बग्न थालेपछि गिट्टटी, ढुगाहरु सडकमा पुगेका छन् । तुफानडाडाँदेखि जिल्ला प्रशासन कार्यालय जाने बाटोमा त हिडहुल गर्न समेत समस्या उत्पन्न हहु गरेको स्थानीय रमेश ऐरले बताए ।

अमरगढी नगरपालिकाले नगरभित्रका सडकहरु व्यवस्थित गरेर जनतालाई सहजरुपमा आवत जावत गर्न सकिने बनाउन आवश्यक रहेको स्थानीयको माग छ । डडेल्धुरा सदरमुकामलाई सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरुको हिलस्टेशन बनाउने र स्मार्ट सिटी बनाउने नारा दिएर निर्वाचित अमरगढी नगरपालिकाको नेतृत्वले सदरमुकाम क्षेत्रका सडक ब्यबस्थित बनाउन नसकेको नागरिक समाज डडेल्धुराका संयोजक रमेश जोशी बताउछन ।

 

प्रतिक्रिया दिनुहोस्