सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि, अस्पतालमा बेड अभाव



न्युज अफ नेपाल, सिन्धुली ।

आज एकैदिन सिन्धुलीका १३ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामा स्वाब संकलन गरेर परिक्षणका लागि पठाईएको १८८ जना मध्ये १३ जनामा संक्रमण पुष्टि भएको हो । विदेशबाट आएर भुसंरक्षणको कार्यालयमा रहेको क्वारेन्टाईनमा रहेका ७ जना, क.न.पा.–७ का एक जना, पर्यावरण गण रानिवासका २ जना सैनिक, एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी र कन्ट्रयाक ट्रेसिङमा परेर क्वारेन्टाईनमा रहेका ३ जनामा कोरोना पुष्टि भएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि सिन्धुली अस्पतालमा वेड अभावमा उपचारका लागि समस्या भएको छ । सिन्धुली अस्पतालमा रहेको १४ आईसोलेसन वेड मध्ये १० वटा वेड मात्र खाली भएकाले अन्य संक्रमितलाई व्यवस्थापन गर्न एपोलो

अस्पतालमा व्यवस्थापन गरिने स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्