सोति घटनाका पिडितलाई सरकारले दिने १० लाख राहतको संघर्ष समितिले गरयो स्वागत



बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा गत जेठ १० गते ६ जना युवाको ज्यान जाने गरि भएको घटनामा मृत्यु भएका परिवारलाई नेपाल सरकारले प्रति परिवार १० लाख रुपैयाका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

नेपाल सरकारले घटनाका पिडित परिवारका आफन्तलाई राहत सहयोग गर्ने भएपछि न्यायको पक्षमा संघर्ष गर्दै आएको सोति हत्याकाण्ड संघर्ष समितिले उक्त निर्णयको स्वागत गर्दै सरकारलाई कृतज्ञता प्रकट गरेको छ ।

संघर्ष समितिले न्यायका लागी आबाज उठाउने जाजरकोटका जनप्रतिनिधि नागरिक समाज पत्रकार मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न आयोग लगाएत छानविन समिति सवैलाई धन्यवाद दिने निर्णय गरेको समितिका संयोजक नगरेन्द्र शाहले बताउनु भयो । साउन २७ गते बसेको मन्त्री परिषदको बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने घटनामा घाईते भएका युवाहरुलाई उपचार खर्च निशुल्क गर्ने निर्णय गरेको थियो । सरकारले उपचारमा लागेको खर्चको आधारमा घाईतेले उपलब्ध गराएको विलको आधारमा रकम भुक्तानी दिने निर्णय गरेको हो ।

प्रेमिका लिन गएका जाजरकोटका नवराज विक, सञ्जु विक, गणेश बुढा, लोकेन्द्र सुनार, गोविन्द शाही चौरजहारी नगरपालिका १ लामिछानेगाँउ रुकुमका टिकाराम बि क को ज्यान गएको थियो । पिडित परिवारले सरकारले राहत दिनु भन्दा न्याय दिनु पर्नेबताउदै आएका छन् । राहत दिएर सरकारले घटनालाई अलमल्याउन खोजे आफुहरुका लागी मान्य नहुने पिडित परिवारको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्