आज प्रतितोला ८ सयले बढ्याे सुन



काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ । आज ८ सयले बढ्दै सुन प्रतितोला ९८ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँ बढेर १,३५५ मा कारोबार भइरहेको छ ।

बुधबार एकै दिन ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको सुन विहिबार २,४०० ले बढेर पुनः उकालो लागेको छ । सुन बुधबार ९७ हजार ८०० मा कारोबार भएको थियो । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य यो साताको शुरुमै घटेको भए पनि विहिबारदेखि भने बढ्न थालेको छ ।

साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो । सोमबार २ सयले घट्दै प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार सुन ८ सयले घट्दै १ लाख १ हजार ६ सयमा कारोबार भएको थियो । बुधबार ६,२०० ले घटेर ९५ हजार ४०० मा कारोबार भयो । विहिबार २४ सयले बढेर ९७ हजार ८०० रहेको सुन आज ८ सयले बढ्दै ९८ हजार ६०० मा कारोबार भइरहेको हो ।

गत शुक्रबार (साउन २३) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भयो ।

अघिल्लो हप्ता आइतबार ३ सयले बढेको सुन सोमबार स्थिर रहेको थियो । मंगलबार ३ सयले बढ्दै सुन ९९ हजार ८ सयमा कारोबार भएको थियो भने बुधबार १६ सयले बढेको थियो । विहिबार ११ सयले बढेको सुन शुक्रबार १ हजारले बढेर १ लाख ३ हजार ५ सयको उच्च बिन्दुमा पुगेको थियो । मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्