भन्सार छली ल्याइएका अवैध जुत्ता बरामद



न्युज अफ नेपाल,नवलपरासी ।

पूर्वी नवलपरासी प्रहरीले अवैध रुपमा ल्याउदै गरेको २ सय जोर जुत्ता बरामद गरेको छ । प्रहरीले विनयी त्रिवेणी १ दुम्किबास बजारमा पश्चिमबाट पूर्व आउँदै गरेको ना ३ ख २९६२ नम्बरको बस चेक जाँच गर्ने क्रममा उक्त परिमाणमा जुत्ता बरामद गरेको हो ।

अवैध रुपमा भन्सार छली ल्याएको करिव १ लाख ६५ हजार ५ सय रुपैयां मुल्य बराबरको १ सय ५५ जोर स्पोर्ट सुज, छाला जुत्ता ३५ जोर र १० जोर बच्चाका जुत्ता पक्राउ गरी भन्सार बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्