हवाई सेवा सञ्चालन नभए आन्दोलनमा उत्रिने



काठमाडौं, (नेस)
लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग धराशयी हुने स्थितिमा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन वायुसेवा सञ्चालक संघले आग्रह गरेको छ । लामो समय हवाई सेवा बन्द हुँदा त्यस क्षेत्रसँग आश्रित हजारौं श्रमिकको आयस्रोत बन्द भएकाले हवाई सेवा सञ्चालनको वातावरण बनाउन संघले सरकारलाई आग्रह गरेको हो ।

कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि आन्तरिक तथा बाह्य उडान बन्द छन् । यसअघि साउन ५ गते र भदौ १ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेकोभए पनि फेरि आगामी भदौ १६ गतेसम्म हवाई सेवा बन्द गर्ने सरकारले निर्णय गरेको थियो ।

भदौ १६ देखि पनि हवाई सेवा सञ्चालन नगरिए आफूहरू आन्दोलनमा जान बाध्य हुने संघले चेताजनी दिएको छ । आन्तरिक हवाई सेवा तत्काल सञ्चालनमा नल्याउने हो भने भदौ १६ गतेदेखि हवाई सेवा पुनः सञ्चालन नभएमा बाध्यतावश आफूहरू आन्दोलित हुने विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्