कोरोना संक्रमणका कारण नेपालको अर्थतन्त्र चौपट हुँदै : डा.मधु घिमिरे



भगवती तिमल्सिना,काठमाडौं ।

विश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणले नेपाल पनि ठूलो चपेटामा परेको छ । यसको मुल कारण सरकाद्धारा सुनुवाई नभएर हेलचेक्रयाई बढी हुनुले भएको विज्ञ चिकित्सकहरुको ठम्याई छ । बरिष्ठ चिकित्सक डा.मधु घिमिरे भन्नुहुन्छ-हामीले सरकारलाई बेलैमा सचेत गराएकै हो तर सरकारले सुनुवाई गरेर कार्यान्वयन गर्नुको सट्टा ढाकछोपमा नै जोड दिएकाले आज यो परिणाम आएको हो । अहिले पनि सरकारले ढाकछोप गर्ने काम गरिरहेकै छ ।

गर्ने काम केही भएन ढोल पिट्ने मात्र काम भयो । अब सर्वसाधारणलाई सबैभन्दा ठूलो समस्या पेट भर्ने कि बिरामी हुने ?
सरकारले पहिला सतर्कता अपनाएर गर्नुपर्ने कुराहरु गरेको भए अहिले अर्थतन्त्र पनि चौपट हुँदैनथियो । सरकारले कोरोना संक्रमणको परिक्षण गर्नुको सट्टा ढाकछोप गरेका कारण अव संक्रमितको संख्या घटने तर्फ जाने आधार नै तय भएको छैन यसले अबका दिनमा अर्थतन्त्र त चौपट नै हुन्छ । सरकारले बिरामीका लागि आवश्यक पर्ने औषधि पनि खरिद गरेको छैन ।

गम्भिर बिरामीका लागि चाहिने दुईथरी औषधिहरु महगो हुनुका साथै नेपालमा पाइन्न । यी औषधिहरु सरकारले स्टक राखेको पनि छैन र साधारण जनताका लागि पाउने सम्भावना छैन । यस बिषयमा सरकारले ध्यान दिएकै छैन । अब यहाँ सरकारको पद सम्हालेका बिरामी पर्दाको चिन्ता हैन सर्वसाधारण जनता बिरामी हुँदा कतिले आईसीयू, भेन्टिलेटर पाउँछन ?

नेपालमा कति आईसियू र भेन्टिलेटर सरकारले लकडाउन गरेर व्यवस्थापन गर्यो र ठूलो संख्यामा एकै पटक बिरामी थपीदा कुन ठाउँमा राख्ने व्यवस्थापन गर्यो ? अहिले सम्म कुनै लेखाजोखा छैन । सरकारले पिपिई छ त भन्यो अहिले भएको पिपिईले कति दिन टिक्छ ? संक्रमितको संख्या बढ्दै जाँदा सरकारसँग भएको पिपिई बल्कीङ पेपरले मसी सोसे जस्तै गरि सकिन्छ । सरकारले के गर्न खोजेको हो म ५५ बर्ष देखि चिकित्सा पेशा अगाल्दै आएको एउटा चिकित्सक नै अन्योलमा बस्न बाध्य हुनुपरेको छ ।

सरकारले बिना योजना लकडाउन गर्ने र लकडाउन खोल्ने गर्दा सर्वसाधारण जनता जीवन पेटपाल्नका लागि कहिले गाउँ जाने त कहिले शहर फर्कने गर्दा बढी संक्रमित हुन पुगेका छन् । यो सबै सरकारको लापरवाही र विना योजना बहकाउमा गरिएका निर्णयको प्रतिफल भएको डा.घिमिरको ठम्याई छ । उहाँ थप्नुहुन्छ हिजो लकडाउन गरेर सरकारले कोरोना संक्रमित गाउँ गाउँमा पुर्यायो, आज खुकुलो गरेको भन्दै जनतालाई सास्ती दिएर एउटा सवारी साधनमा यात्रा गरेर गन्तब्यमा पुग्न नदिई ठाउँ ठाउँमा झार्ने र भिडभाड गराएर धेरै मानिसलाई एकैपटक संक्रमित बनाउँदै छ ।

यदि सरकारले नीति बनाएर सवारी साधन एउटा ठाउँबाट निश्चित ठाउँमा नपुगेसम्म यात्रुलाई झार्न नमिल्ने र झरेपछि पिसिआर परिक्षण गरेर मात्र काममा जाने वातावरण सृजना गरेको भए आज यति धेरै मानिस संक्रमित पनि हुने थिएनन र ज्यान पनि जाने थिएन । अब त सरकारले संक्रमितको कन्ट्रयाक ट्रेसिङ सम्म लिन नसक्ने गरि भद्रगोल बनाएको छ ।

सर्वसाधारण नागरिक गाउँ फर्कदा को कहाँबाट कहिले आयो स्थानिय स्तरमा रेकर्ड थियो । तर अहिले शहरमा को कहाँबाट कहिले आयो भन्ने सरकारसँग कुनै तथ्यांक छैन । यो नै अव्यवस्ति र हचुवामा गरिएको निर्णयको परिणाम हो । चिकित्सकको नाताले हाम्रो अध्ययन अनुसन्धानबाट पत्ता लागेको र बुझेको कुरा समय समयमा भन्दै र सरकारलाई सतर्क गराउँदै आएका छौ ।

हामीले बुझेर गरेका कुराको सुनुवाई हुदैन । सरकार आफैले अनावश्यक ढर्रा पिटाउने र ढाकछोपमा नै जोड दिएका कारण आज यो स्थिति आयो र भोलिका दिनमा अझ भयावह हुन्छ । हाम्रो अध्ययनबाट जे बुझ्यौ सरकारलाई त्यहि भन्यौ सरकारले वास्ता गरेन । तर हिजो हामीले जे भनेका थियौ त्यही हुँदैछ । अझै पनि सरकारले जनतालाई ढाकछोप गरेर थप अन्योलमै पार्दै छ ।

अबको समय जनता स्वयम सचेत भएर घरमै बस्ने । घरबाहिर जानै पर्ने अवस्थामा माक्स राम्रोसँग लगाएर सकिन्छ भने आँखामा चस्मा पनि लगाउने र हातमा पन्जा र स्यानिटाईजर छिनछिनमा लगाउँनुपर्छ । जनताले पनि हेलचेक्र्याई गरेकै छन, माक्स नलगाउने, लगाएपनि राम्रोसँग नलगाउने, जात्रा, भिडभाड, जुलसमा बिना माक्स हिड्ने । २ मिटरको दुरी सम्म कायम नगर्ने, पसलहरुमा जाँदा पनि भिडभाड गर्ने जस्ता हेलचेक्र्याई बढेको छ । सरकार देखि जनता सम्मको लापरवाही देख्दा आफैलाई कस्तो देशमा जन्मिएछ भनेर दिक्क लाग्छ ।

मेरो काम बाटोमा मुख्र्याई गरेर हिड्ने मान्छेको पनि ज्यान बाचोस भनेर काम गर्ने भएकाले यतिका कुरा बोलेको हुँ । धेरै मानिसको लापरवाहीले कोरोना संक्रमण बढेको छ । माक्स पनि राम्ररी लाउँदैनन, स्यानीटाईजर त प्रयोग गर्छन कि गर्दैनन थाहै छैन ? यसो गर्दा नेपाली जनता धेरै मर्छन । नेपालमा कतिलाई कोरोना संक्रमण भयो भन्ने आधार भनेकै परिक्षण कतिलाई गर्दा कति प्रतिशत पोजेटिभ आयो त्यसकै आधारमा परिक्षण नगरेका व्यक्तिहरु पनि संक्रमित छन भन्ने बुझ्नु जरुरी छ ।

यहाँ संख्या गनेर यति संक्रमित, यतिको मृत्यु, यति निको भए भन्नु केटाकेटी खेलाए जस्तो मात्र हो । नेपालमा हरेक दिन ४ देखि ५ प्रतिशतमा संक्रमण भैरहेकोमा मंगलबार एकैपटक झण्डै ८ प्रतिशतमा संक्रमण देखियो । जति जाँचेको हो त्यसमा कति प्रतिशतमा पोजेटिभ आयो मुख्य हेर्ने आधार भनेकै यहि हो । यहि आधारमा देशभरिमा कति संक्रमित होलान भन्ने अनुमान गर्न त्यति गाह्रो नपर्ला ।

सरकारले देशभरिमा यति भए भन्नु सर्वसाधारण जनतालाई भ्रममा पार्नु हो । परिक्षण गरेको तथ्यांक पो भन्न मिल्छ परिक्षण नै नगरि देशभरिमा यति भन्न मिल्दैन । त्यसैगरि मृत्युको पनि कतै रजिष्टर गरिएको हुँदैन र सरकारले भनेको तथ्यांक नै यकिन हो भन्न सक्ने अवस्था छैन । कति व्यक्तिको मृत्यु भएको सरकारलाई थाहै नभएको अवस्था छ र मृत्युको लेखाजोखा छैन ।

सरकारले दिएको तथ्यांक र सरकारको कृयाकलापलाई पनि धाप मार्ने अवस्था भएन । आम नागरिकले सरकारले गरेका कामलाई लिएर धाप मार्न पाउनुपर्ने हो त्यो हुदैभएन । वास्तवमै भन्नुपर्दा यो सरकार पुरै मतलबी भयो । आफुहरुलाई टन्न थुपारेका छन् । अहिले कुनै मन्त्री बिरामी भयो भने राज्यकोषको ढुकुटीबाट पैसा निकालेर जस्तोसुकै उपचार हुन्छ ।

जनता मर्दा जनताले हरेक पटक १५ हजार तिर्नुपर्छ ? जनता गएर आईसोलेसनमा बस्दा, २ हजार, ४ हजार, ७ हजार १५ हजार दिनको तिर्नुपर्छ । डा. घिमिरे जनतालाई आग्रह गर्दै भन्नुहुन्छ—सकेसम्म घरबाट बाहिर ननिस्क, ननिस्कि नहुने छ भने राम्रोसँग माक्स लगाउने, एउटा स्यानीटाईजर सधै साथमै राख्ने, कहि कतै छुना साथै हत्तनपत्त स्यानीटाईजरले हात मिचि मिचि सफा गरिहाल्ने, घरपस्ने बित्तिकै साबुन पानीले हात धुनु, कपडा फेर्नु जरुरी छ ।

कोरोना भाईरस आँखाबाट पनि सर्ने हुनाले एक व्यक्ति र अर्को व्यक्तिको दुरी २ मिटर फरक पार्नै पर्छ । एकअर्कासँग बोल्दा पनि माक्स लगाएर आफुले पालना गर्नुपर्ने सबै कुरा पालना गर्ने र सरकारले पनि अनुगमन गर्ने गरे मात्र केही हदसम्म सुधार हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्ट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार रेकर्ड गरेको तथ्यांक अनुसार काठमाडौ उपत्यकाका ५ जना सहित जम्मा ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी गराउनुभयो ।

बुधबार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरको किस्ट अस्पतालमा २, नेपाल मेडिसिटि अस्पताल र पाटन अस्पतालमा एक एक जना र काठमाडौंको ह्याम्स अस्पतालमा एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्