कसैले नसोँचेको कुरा जन्मदिनमा हुँदा…



भगवती तिमल्सिना/मोतिराम तिमल्सिना,काभ्रे ।

प्रत्येक बर्ष धुमधामसँग जन्मदिन मनाएर समाजमा उत्कृष्ठ काम गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई आफ्नै पारिवारिक प्रतिष्ठानबाट सम्मान गर्दै आउँनुभएका धुलिखेल वडा नं ७ का ९२ बर्षका बृद्ध समाजसेवी यसबर्ष जन्मदिनकै दिन कोरोना संक्रमित हुनुभएपछि धुलिखेल अस्पतालको आईसोलेसनमा राखी उपचार गराईँदै छ ।

उहाँ धुलिखेल बिकासका लागि अहोरात्र खटिने व्यक्ति भएकै कारण समाजका हरेक व्यक्तिले उहाँको सम्मान र सत्कार गर्नु स्वभाविकै हो । सोमबार धुलिखेल अस्पतालमा उहाँलाई भर्ना गरेको थाहा पाउने वित्तिकै उहाँको स्वास्थ्य लाभको कामना सहित भेट्नेको घुईचो नै लाग्यो । परिवार, आफन्त, सुभचिन्तक, समाजसेवी मात्र नभै उहाँलाई धुलिखेल अस्पतालका बरिष्ठ चिकित्सकहरुले पनि भेटेर स्वास्थ्य लाभको कामना गरे ।

धुलिखेलमा अस्पतालको परिकल्पना गर्नुहुँने स्थानिय समाजसेवी हुनुभएकाले अस्पतालमा परिवार मात्र नभै अस्पतालमा कार्यरत थुप्रै स्वास्थ्यकर्मीहरुले पनि उहाँलाई भेटेको पारिवारिक स्रोतले जनाएको छ । धुलिखेल नगरपालिका, धुलिखेल खानेपानी, धुलिखेल अस्पताल, काठमाडौ विश्व विद्यालय जस्ता ठूला ठूला योजना धुलिखेलमा भित्र्याउने योजनाकार मध्ये उहाँ पनि एक हुनुहुन्छ । लामो समय देखि उहाँ काठमाडौको नयाँ बानेश्वरमा छोरा बुहारीका साथमा बस्दै आउनुभएको थियो ।

दुईदिन अघि उहाँलाई ज्वरो आएको र पिसाप बन्द भएका कारण नियमित परिक्षण गराउँदै आएको धुलिखेल अस्पतालमै उहाँलाई काठमाडौबाट ल्याईएको परिवारका सदस्यले जनाएका छन् ।उहाँलाई दुईदिन देखि ज्वरो आएकाले पहिला बर्षहरुमा जस्तो जन्मदिन नमनाउने र जहाँ बस्नुभएको छ त्यहि भएका परिवारका सदस्यले टीका लगाएर मनाउने कार्यक्रम तय भएको थियो ।

दिउँसोबाट ज्वरो कम भएपनि पिसाब रोकिएकाले तुरुन्त धुलिखेल अस्पताल ल्याउने निधो गरि अस्पताल ल्याएको परिवारका सदस्यले बताउनुभयो । उहाँको स्याहारमा जुट्नु भएका एक महिला सदस्यलाई पनि मंगलबारदेखि ज्वरो आएको बुझिएको छ । सोमबार राती लिईएको थ्रोट स्वाबको पिसिआर परिक्षण रिपोट मंगलबार दिउँसो १ बजे पोजेटिभ देखिएको अस्पतालले पुष्टि गरेको छ ।

अस्पतालका बरिष्ठ चिकित्सकहरुले मंगलबारै उहाँको लक्षणलाई ध्यानमा राखी परिक्षण पूर्व नै कोरोना संक्रमणको प्रारम्भिक अवस्था भएको परिवारलाई जानकारी गराएका थिए । तर पनि उहाँको शरिर मोटो भएकाले एकजनाले उठाउन नसक्ने भएकाले ४ जना कुरुवा साथमै बसेका थिए ।

मंगलबार बिहानै जन्मदिनको शुभकामना दिन अस्पताल पुगेका आफन्तले उहाँलाई भेट्न पाएनन् । जन्म दिनको अवसरमा थप भेटघाट नहोस भनी अस्पतालले मंगलबार विहानै आईसोलेसनमा राखि कुरुवालाई समेत घर फर्काएपछि जन्मदिनका दिन देख्न पनि नपाएको परिवारका एक सदस्यले बताउँनुभयो ।

तर समाजसेवी बृद्धलाई सोमबार अस्पतालका उच्च पदस्त व्यक्तित्वहरुनै स्वास्थ्य परिक्षण र भेटघाटमा जुट्नुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा घुलमिल भएकाले अस्पताल, समुदाय, परिवार, भेटघाटमा प्रत्यक्ष वा अप्रत्क्ष रुपमा रहेका व्यक्तिहरु ठूलो संख्यामा रहेका र मानसिक रुपमा त्रसित भएको अस्पताल स्रोतले जनाएको छ ।

ठूलो पारिवारिक संजाल भएका बृद्ध समाजसेवी जन्मदिनका दिनै कोरोना प्रमाणित हुँदा एक्लै आईसोलेसनमा विताउन बाध्य हनुभएको छ । परिवारका एक सदस्यले दुःखी हुँदै भने धुलिखेलको बिकासका लागि युवा अवस्था देखि समाजसेवा गर्दै आउँनुभएका व्यक्ति आज बृद्ध अवस्थामा परिवारको सहयोगको आवश्यकता पर्दा एक्लै बस्नुपर्ने कस्तो रोग लाग्यो ।

घरबाट बाहिर सम्म निस्कन नसक्ने अशक्त व्यक्तिलाई कोरोना संक्रमण होला भन्ने हामीले कल्पना सम्म गरेका थिएनौ । उहाँ निकै दुःखी हुँदै भन्नुभयो आज उहाँको यस्तो दिन देख्नुपर्यो । हामी परिवारका सबै सदस्यहरु पनि घरभित्रै थुनिएर बुबाको स्वास्थ्य लाभको कामना गर्दै सबै परिवारको पिसिआर परिक्षणको पर्खाईमा कुरेर बसेका छौं ।

काभ्रेमा मंगलबार थप ३ प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेमा यसअघि संघीय प्रहरी कार्यालय काभ्रेमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पटक पटक गरि संघीय प्रहरीका १० जना र जिल्ला प्रहरी काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै जिल्लामा संक्रमित प्रहरीको संख्या १४ पुगेको छ । हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने एक महिलाको मृत्यु भइसकेको छ ।

आफन्त र सुभचिन्तकका फेसबुक भरि यस्तो सन्देश र सँगैबसेका फोटाहरु छाईरहेको थियो उहाँलाई कोरोना संक्रमण भएको समाचार सार्वजनिक भएसँगै स्ट्याटस सहित सँगै बसेका फोटा हट्दैछन् :

#Happy #birthday
#Hajurbuwaa #92 #years
#यस #धुलिखेलका #समाजसेवि
#धुलिखेल #बिकासका #सारथि
#एक #आदर्स #व्यक्तित्व
हाम्रो हजुरबाजेको आज ९२औ शुभ जन्मदिनको हार्दिक मंगल्मये शुभकामना साथै सु सुवास्थको कामना गर्दछु।

Happy birthday. Wish for healthy and longest life.

Happy birthday and get well soon hajurbuwa.

Happy birthday , pray for your long life 

कस्तो संयोग : आजै जन्मदिन आजै कोरोना संक्रमण पुष्टि भएका समाजसेवीलाई यतिबेला धुलिखेल अस्पतालको आईसोलेसनमा राखिएको छ रिपोर्ट नेगेटिभ नआएसम्म चिकित्सक स्वास्थ्यकर्मी वाहेक कसैले देख्न र भेट्न पाउँदैनन ।

प्रतिक्रिया दिनुहोस्