पुँजी बजारमा लगातार वृद्धि



नेपाल समाचारपत्र, काठमाडौं

पुँजी बजारमा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । अघिल्लो दिन ११ अंकभनदा बढीले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ३७ दशमलव ७४ अंकले बढेर १४३० दशमलव ४१ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार कुल १८९ वटा कम्पनीको ४२ लाख ५२ हजारभन्दा बढी कित्ता शेयर एक अर्ब ५५ करोड ५५ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ७ दशमलव ६३ अंकले बढेर २९८ दशमलव ६४ बिन्दुमा पुगेको छ । सोमबार नेप्सेमा कारोबार भएका १२ समूहमध्ये ११ समूहको सूचक वृद्धि भएको छ । यस दिन सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य ३ अंकले घट्दा बैंकिङ समूहको सूचक ३२ दशमलव ९३ अंक, व्यापार समूहको सूचक १० दशमलव १४, होटल समूहको सूचक ५८ दशमलव १ र विकास बैंक समूहको सूचक ५५ दशमलव ४१ अंकले बढेको छ ।

त्यस्तै जलविद्युत् समूहको सूचक २३ दशमलव २३, वित्त समूहको सूचक ७ दशमलव ६७, निर्जीवन बीमा समूहको सूचक २८३ दशमलव शून्य ८, उत्पादन समूहको सूचक ५४ दशमलव ८६, अन्य समूहको सूचक १२ दशमलव ६३, लघुवित्त समूहको सूचक ७१ समूहको सूचक ५७ र जीवन बीमा समूहको सूचक २२३ दशमलव १५ अंकले वृद्धि भएको नेप्सेले जनाएको छ ।

यसैगरी कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको मात्रै ७ करोड १६ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ । साथै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ८१ लाख, एनआईसी एसिया बैंकको ५ करोड ३८ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएका छन् ।

सोमबारको कारोबारमा साधना लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । दुवै कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । साथै घोडीघोडा लघुवित्त वित्तीय संस्था, एभरेष्ट इन्स्योरेन्स र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

समग्र परिसूचकमा दोहोरो अंकको वृद्धि हु“दा पनि दिव्यश्वरी हाइड्रोपावर, गुरा“स लघुवित्त वित्तीय वित्तीय संस्था, वेष्ट फाइनान्स कम्पनी, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरलगायतका कम्पनीका शेयरधनीले धेरै गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्