वृत्तचित्रमा जोगी



परम्परागतरूपमा चल्दै आएको फेरी लगाउने चलनलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको डकुमेन्ट्री जोगी, रातका देवता युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
हार्दिक मिडियाको प्रस्तुतिमा तयार यस डकुमेन्ट्रीलाई दयाराम घिमिरेले निर्देशन गरेका छन् भने हरि उप्रेती तथा निर्देशक घिमिरे डकुमेन्ट्रीका निर्माता हुन्। तेनहाङ राई सहनिर्माता रहेको डकुमेन्ट्रीले नेपालमा २ अवार्ड जितिसकेको छ भने ३ अन्तर्राष्ट्रिय डकुमेन्ट्री फेस्टिवलको अफिसियल सेलेक्सनमा परेको छ।
रातको समयमा जोगीले घर घुमेर घरको शान्तिका लागि शंख बजाउँदै हिँड्ने र बिहान घर–घरमा पुगेर सिदा उठाउने चलनलाई वृत्तचित्रमा उतारिएको छ। लोप हुन लागेका कारण पनि यो विषय सबैमाझ पु¥याउने लक्ष्य राखिएको निर्देशक घिमिरेको भनाइ छ। वृत्तचित्रमा फेरी लगाउने ओमनाथ जोगीलाई फिचर गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्