पानी वितरणमा नियमितताको माग गर्दै पत्रकारको धर्ना



न्युज अफ नेपाल,पाल्पा ।

पाल्पा जिल्ला सदमुकाममा वितरण गरिने खानेपानी नियमित होस भन्ने माग राख्दै पत्रकार जगदिश भट्टराइले आइतवार एक घण्टा शान्तिपूर्ण धर्ना दिनु भएको छ । तानसेनको बतासेडाँडा क्षेत्र र आम उपभोक्ताका धारामा पनी नियमित आउनु पर्ने माग गर्दे तानसेन खानेपानी उपभोक्ता समितीको कार्यालयमा पहिलो दिन आइतवार सांकेतिक रुपमा धर्ना वसेको र समस्याको समाधान नभए सम्म धर्ना नियमित रुपमा चलिरहने भट्टराइले वताउनु भएको छ ।

उहाले यस विषयमा पटकपटक सम्वन्धित निकायको ध्यानकर्षण गराउदा पनि सुनुवाइ नभएकाले धर्ना दिनु परेको वताउनु भएको छ । शान्तिपूर्ण धर्नामा पत्रकार मानवअधिकारकर्मी र सर्वसाधारणले एैक्यवद्धता जनाएका छन । पाल्पाा जिल्ला सदरमुकाम तानसेनमा वाहेै महिना जसो खानेपानीको समस्या हुने गर्दछ अहिले वर्षातको वेलामा पनि यहा ३÷४ दिन विराएर एकघण्टा मात्रै पानी आउने गरेको छ ।

आशिंक प्राध्यापकको तालावन्दी 

यसैविच पेसागत सुरक्षाको माग राख्दै यहा स्थित त्रिभुवन वहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । क्याम्पसमा कार्यरत आशिंक प्राध्यापकहरुले प्राज्ञिक थलोमा श्रम शोषण भएको भन्दै आइतवार तालावन्दी गरेका हुन ।

विश्वभर महामारी फैलिएको कोरोनाको संकटको समयमा अन्य प्राध्यापकहरूले हाजिरी गरि तलब पाइरहँदा आफूहरू अन्यायमा परेको हुनाले तालावन्दी गरेको आशिंक प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पसका अध्यक्ष कृष्ण आलेले बताउनु भयो ।

न्यूनतम ज्यालामा काम गराउने त्यसमा त्रिभुवन बहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले यो देशव्यापी समस्या भएको र त्रिभुवन विश्व विद्यालयले नै निकास निकाल्नुपर्ने वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्