भारतले भन्यो – ‘बुद्ध नेपालमा जन्मिएकामा कुनै शंका छैन’



न्युज अफ नेपाल,काठमाडौं ।

भारतीय बिदेशमन्त्री एस जय शंकरको विवादित अभिब्यक्ति सच्याउँदै भारतले बुद्ध नेपालमै जन्मिएको बिषयमा कुनै शंका नरहेको बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

शनिबार एक कार्यक्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धको जन्मभूमिलाई लिएर गरेको अभिब्यक्ति सच्याउँदै विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो बताएका हुन् । भारतीय विदेशमन्त्रीको उक्त अभिब्यक्तिप्रति नेपालले आपत्ति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्